काठमाडौं- टीभीएस स्कुटर तथा मोटरसाइकलका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टीभीएस एनटर्क-१२५ रेस एडिसन सार्वजनिक गरेको छ। अब मरिन निलो रङमा पनि यो स्कुटर उपलब्ध हुने कम्पनीले जनाएको छ। यसअघि रातो र पहेँलो रङमा यो स्कुटर उपलब्ध थियो।
टीभीएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरिन ब्लू कलरमा चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्स रहेको छ। यसले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँने र कालो, मेटालिक ब्ल्याक र मेटालिक निलोको अद्वितीय तीन टोन संयोजनले राइडरलाई बाँकी भन्दा फरक महसुस गराउने कम्पनीको विश्वास छ।
टीभीएसद्वारा पोखरामा आयोजित ‘निर्भयाज वुमन इन कन्सर्ट’मा यो स्कुटरको सार्वजनिक गरिएको हो। कन्सर्टमा फ्लेम ब्यान्डबाट मेघा श्रेष्ठ, द ड्रिमर्जको साथै सांगीतिक समूह अभया एन्ड द स्टिम एन्जन्सलगायतको प्रस्तुति रहेको थियो। स्टेजपछि स्कटुर सोरुममा पनि सार्वजनिक गरिएको थियो।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले नयाँ रङमा स्कुटर सार्वजनिक गर्न पाउँदा खुशी लागेको बताए। स्कुटरको मूल्य २ लाख ३२ हजार ९ सय रुपैयाँ राखिएको छ।


