२०८३ कार्तिक १५ गते शनिवार

हुन्डाई ईभी इन्स्टर सार्वजनिक, एक पटकको चार्ज गरे ३५५ किलोमिटर कुद्ने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १३
Hyundai INSTER

काठमाडौँ- कोरियाली कार उत्पादक कम्पनी हुन्डाईले नयाँ भर्सनको विद्युतीय गाडी इन्स्टर सार्वजनिक गरेको छ। युनिक डिजाइनयुक्त इन्स्टर हुन्डाई सेगमेन्टमा सबैभन्दा सानो ईभी गाडी हो। कम्पनीले यो गाडी बुसान इन्टरनेसनल मोबिलिटी सो २०२४ मा प्रदर्शनीमा ल्याएको थियो।

क्यास्पर एसयूभीमा आधारित नयाँ ईभी ब्रान्डको सबैभन्दा सानो र विश्वव्यापी रूपमा उपलब्ध हुने सबैभन्दा किफायती विद्युतीय गाडी हुने कम्पनीले जनाएको छ। नयाँ ईभी ३८२५ एमएम लामो, १६१० एमएम चौडा र १५७५ एमएम अग्लो छ।

इन्सटरको ह्वीलवेस २५८० र बुट स्पेस २८० लिटर रहेको छ। क्यास्परकै डिजाइन क्यूमा तयार पारिएको ईभीको हेडल्याम्प क्लस्टरको वरिपरि गोलाकार एलईडी डीआरएलएस र पिक्सेल–थीम्ड टर्न सिग्नल समावेश गरिएको छ। इन्स्टरको अगाडि एएएस सेन्सर, चार्जिङ पोर्ट र हेडल्याम्प युनिटको बीचमा क्यामेरा सुविधा छ।

इन्स्टरको ड्यासबोर्डमा १०.२५ इन्च लामो दुई वटा स्क्रिन राखिएकाले डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र टचस्क्रिन इन्फोटेन्मेन्टका रुपमा काम गर्छ। गाडीमा अटो क्लाइमेट फुल एडास सुइट, कन्ट्रोल, मल्टी–फंक्सन स्टेयरिङ ह्वील, भेन्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङलगायत सुविधा उपलब्ध हुनेछन्।

यो नयाँ ईभी ४२ किलोवाट आवर र ४९ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा उपलब्ध हुनेछ। यसमा जडान गरिएको सिंगल मोटरले क्रमशः ९५ बिएचपी तथा ११३ बिएचपी पावर र १४७ एनएम टर्क जेनेरेट गर्छ। सिंगल चर्जमा ३५५ किलोमिटर रेन्ज दिने दाबी गरिएको हुन्डाई इन्स्टरलाई १२० किलोवाट क्षमताको डिसी चार्जरले ३० मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ।

एटलस ह्वाइट, टम्बोय खाकी, बिजारिम खाकी म्याट र अनब्लिच्ड आइभोरीका साथै सीएना ओरेन्ज मेटालिक, एरो सिल्भर म्याट, डस्क ब्लू म्याट, बटरक्रिम येलो पर्ल र एबीस ब्ल्याक पर्ललगायत रंग र स्वरुपमा यो गाडी उपलब्ध हुनेछ।

पेट्रोल–सञ्चालित क्यासपर डिजाइन विरासतमा निर्माण गरिएको यो गाडी स्टाइलिङ इभोलुसन, विस्तारित बडी र ह्वीलबेसका कारण अप्ठेरो सडकमा पनि गुडाउन सकिने कम्पनीको दाबी छ।

इन्स्टर हुन्डाई ईभी कोरियामा लन्च गरिनेछ भने त्यसपछि युरोप, मध्यपूर्व, एसिया प्यासिफिकलगायत क्षेत्रमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ। नेपालमा हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि रहेको छ।

प्रकाशित: २०८१ असार १३ गते बिहिबार ०६:४३
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना