२०८३ कार्तिक २५ गते मङ्गलबार

मुकुल ढकालको प्रस्ताव : दुई हप्ता गुप्तवास जाऔँ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार १९
mukul-dhakal-4-scaled_vxQzp9Lp4I

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले दुई हप्ता गुप्तवास जान प्रस्ताव गरेका छन्। दुई साताको तयारी गरेर दुई साताका लागि गुप्तवास जान उनको प्रस्ताव छ।

रास्वपालाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनाउनका दुई साता गुप्तवास जान पर्ने उनको प्रस्ताव छ।

‘अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाऔं,’ उनले यसका लागि प्रक्रिया पनि प्रस्ताव गरेका छन्, ‘अबको २ हप्ता तयारी गरौं। त्यसपछी सभापति र उपसभापति बाहेकका केन्द्रीय समिति सदस्यहरू २ हप्ता गुप्तबास जाऔं।’

यस्तो उनको गुप्तवास प्रस्ताव

-अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘रविको पार्टी’बाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ बनाऔं

रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्न के गर्ने?
१. अबको २ हप्ता तयारी गरौं।
२. त्यसपछी सभापति र उपसभापति बाहेकका केन्द्रीय समिति सदस्यहरू २ हप्ता गुप्तबास जाऔं।
३. गुप्तबासका क्रममा म महामन्त्रीको राय राख्छु, मत राख्दिनँ। तपाईंहरु निर्णय गर्नुहोस्।

  • पार्टीको विधान कस्तो बनाउने?
  • पार्टीको विधानको पालना कसले गराउने?
  • पार्टीको विधान पालना नभए के गर्ने?
  • पार्टीको संगठान्तमक ढाँचा कस्तो हुने?
  • पार्टीको तर्फबाट हुने निर्वाचनका लागी उम्मेदवार छनोट कसरी गर्ने?
  • पार्टीको अबको कार्यदिशा कसरी निर्धारण गर्ने? के हो?
  • महाधिवेशनको बाटो तय गरौं।
  • पार्टीको नेताको आचरण कस्तो हुने? के बाध्यकारी, के गरे राम्रो?
  • पार्टीका नेताले मिडियामा के बोल्न पाइन्छ, के पाइँदैन?
  • पार्टीका नेताको कार्यसम्पादन मुल्याङ्कन कसरी गर्ने?
  • पार्टीमा अनुशासन कसरी कायम गर्ने?
  • पार्टीको आर्थिक व्यवस्थापन कसरी निर्धारण गर्ने?
  • पार्टीका मित्र को हुन्?
  • पार्टीका शत्रु को हुन्?
  • हामी को हौं?
  • हामी किन आएका?
  • पार्टी र सरकारको सम्बन्ध कस्तो हुने?
  • केन्द्रीय समिति र संसदीय दलको सम्बन्ध कस्तो हुने?
  • संसदीय दल र सरकारको सम्बन्ध कस्तो हुने? पार्टीको निर्णय प्रक्रिया के हो? कुन तहको निर्णय कसले गर्ने? कुन तहले गर्ने?
  • यीलगायत समीक्षा प्रतिवेदनमा उठाइएका थुप्रै विषय छन्। त्यसका अलवा पनि तपाईहरूलाई पनि लागेका होला, पार्टीले यो प्रश्नको उत्तर दिनपर्छ भन्ने लागेका तपाईहरुका पनि सबै प्रश्नहरु।

गुप्तबासमा लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गरौं। त्यहि गुप्तबासबाट लोकतान्त्रिक प्रक्रिया के हो निर्धारण गरौं। कतै अलमल भए सभापतिको मत अनुसार चाँहिँ गुप्तबासले नै निर्धारण गरोस्। २ हप्ताले मात्र पुग्दैन कि, अर्को पटक पनि बस्न पर्ने कि। फेरी बस्दा, अरु को को थप्न पर्ने हो? के के निर्णय गर्न पर्ने हो, त्यो गुप्तबासले गरौं। सकेसम्म सबै उपस्थित हौं। त्यो गुप्तबासले नै निर्धारण गरोस्।

अबको कार्यदिशा
अपेक्षा गरिन्छ, गुप्तबासको पहिलो समीक्षाले त्यसपछीका बाँकी ७० दिनको कार्यदिशा पनि निर्धारण गर्नेछ। गुप्ताबास नबस्ने, अब सबै प्रक्रिया लाइभ गरौं भन्नुहुन्छ भने पनि म तयार छु। तर त्यस बासले निर्धारण गरोस्, अब के लाइभ गर्ने, के नगर्ने? यसको विधि के? गुप्तबास बस्ने भए पनि बसौं, खुल्लाबास बस्ने भए पनि बर्सी। पार्टीका लागी एक पटक घोत्लिएर सँगै बसौं।

सार्वजनिक रुपमा नै पार्टी निर्माणको प्रक्रिया जनतामा प्रस्तुत गरौं। बौ‌द्धिक नागरिक समाजको सहयोग खुलेर नै लिऔं। अब नयाँ पार्टी बनाऔं, राष्ट्रिय स्वतन्त्र पार्टी। आजका दिनसम्म पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति नै भएकाले, यहि केन्द्रीय समितिले निर्णय गरिदेओस्, आगामी कार्यदिशा निर्माणका लागी हामी घोटिऔं। आशाको दियोलाई फेरी बालौं। राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं, रविको पार्टी होइन। राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔं तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं।

प्रकाशित: २०८१ असार १९ गते बुधबार ०१:२८
प्रतिक्रिया

थप समाचार

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना