काठमाडौँ– सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले चितवनस्थित जंगल भिल्ला रिर्सोटमा विशेष छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई रिर्सोटमा १५ प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारीमा बैंक र रिसोर्टका प्रतिनिधिबीच हस्ताक्षर भएको हो।
बैंकले डिजिटल बैंकिङ्ग माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटिएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।


