काठमाडौं– नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्। संसद् सचिवालयले मंगलबार निलम्बन गरिएको संसद् जानकारी दिएको हो।
महोत्तरी–१ बाट निर्वाचित कोइरी सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न भएको आरोप छ। उच्च अदालत जनकपुरले २०७२ भदौ २५ गते कोइरीलाई थुनामा राख्न आदेश दिएको थियो। त्यसयता उनी फरार छन्।
कोइरीको खोजीका लागि सहयोग माग्दै प्रहरी प्रधान कार्यालयले संसद् सचिवालाई दुई पटक पत्र समेत लेखेको छ।
फरार कोइरीको विषयले संसदमा ‘हंगामा’, २५ मिनेटमा के-के भयो?


