काठमाडौँ- चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रोनिक्सले कपडा धुने र मेसिनभित्र नै सुकाइदिने प्रविधि जडान भएको वासिङ मेसिन बजारमा ल्याएको छ।
‘वासर एन्ड ड्रायर वासिङ मेसिन’ पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले बजारमा ल्याइएको सीजीले जनाएको छ।
मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाणुहरुलाई नाश गरी, हिट पम्प ड्राइङ टेक्नोलोजीमार्फत सहजै सुकाउन मिल्ने कम्पनीको भनाइ छ।
सीजीले यस मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ। जुन विभिन्न क्षमतामा उपलब्ध गराएको छ। यो मेसिन नजिकैको सीजी स्टोरहरु वा अनलाइनबाट पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ।


