मस्को- रुसी सेनामा भर्ना भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तयार भएका छन्।
मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पुटिनबीच भएको भेटवार्तामा मोदीले भारतीय नागरिकलाई फिर्ता गर्न आग्रह गरेका थिए।
उक्त विषयमा पुटिनले सकारात्मक प्रतिक्रिया दिएको भारतीय सञ्चार संस्था द हिन्दूले समाचार प्रकाशन गरेको छ।
सोमबार राती पनि मोदीको सम्मानमा पुटिनले रात्रीभोज आइोजना गरेका थिए।
मंगलबार भएको औपचारिक कुराकानीमा आर्थिक साझेदारी र रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्ने विषयमा कुराकानी भएको हो।
मोदी सोमबार मात्रै मस्को पुगेका हुन्। भारत-अमेरिकाको २२औँ सम्मेलनमा सहभागी हुनका लागि मोदी मस्को पुगेका हुन्।
उता अमेरिकाले भने भारत र रुस बीच भइरहेका गतिविधिप्रति चासो व्यक्त गरेको छ।


