२०८३ कार्तिक २४ गते सोमबार

ओलीले कांग्रेसलाई ‘सर्प’ नबनाउलान् भन्ने के ग्यारेन्टी?

 |  सञ्जय पन्थी
Sanket

सञ्जय पन्थी

काठमाडौँ, असार ३१
sanjay_panthi

‘एकदेशमा एउटा कौवा रहेछ। उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ। बच्चा पनि कोरलेछ। कौवाको बच्चा हुर्किए। तर एकदिन सर्प त्यही गुँडमा पसेछ। बच्चा खाइदिन लागेछ। त्यसरी नै कौवाको गुडमा पल्किएछ। त्यो अवस्था बढो दर्दनाक र पीडादायी थियो। निरिहतावश बच्चा गुमाउनु परेछ। वियोगको अवस्थामा कौवाले एउटा जुक्ति निकालेछ।

कुनै महिलाले प्रत्येक बिहानीमा नजिकै किनारको नदीमा निर्वस्त्र भएर नुहाउन जाँदी रहिछन्। एकदिन ती महिला नुहाउनका लागि निर्वस्त्र भएको बेला कौवाले उनको बहुमूल्य सुनको सिक्री मुखले च्यापेर उडेछ। उक्त दृश्य देखेर ती महिला रोइकराई नदीबाट निस्किएर कौवाको पिछा गर्दै रुखसम्म आइपुगिछन्। नजिकै गाउँलेले ती महिला रुखको फेदमा रोइकराइ गरेको देखेपछि जम्मा भएछन् र सोधपुछ गरेछन्। ती महिलाले उपस्थित गाउँले समक्ष सम्पूर्ण तथ्य जानकारी गराइछिन्।

गाउँलेले तथ्य थाहा पाएपछि कौवालाई उडाउन लागेछन्। कौवा पनि मुखको सिक्री सर्प लुकेको प्वालमा झारेर उडेछ। गाउँले त्यो सिक्री निकाल्न रुखमा चढ्दा उक्त सिक्री झरेको प्वालमा सर्प रहेछ।’

उक्त सिक्री निकाल्न सर्प मार्नु एक मात्र विकल्प थियो। त्यही विकल्प अपनाएर गाउँलले सिक्री निकालेर ती महिलाको उद्धार गरेछन्। ती महिलाको उद्धारसँगै कौवाको पनि उद्धार भयो। कौवाले पनि सर्प मारिएपछि सजिलै बाँकी बच्चा हुर्काएछ।’

000

यतिबेला कौवारुपी केपी ओलीले ३२ सिटे ‘जादुयी नम्बर’ भएका सत्ताका सर्पसावित पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सत्ता हत्याउन अपनाएको जुक्तिलाई उक्त लोककथाका माध्यमबाट बुझ्दा अन्यथा नहोला।

पार्टी, नेतृत्व, मिडिया र विश्लेषलकले आ-आफ्नै तवरबाट बुझिरहेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ, बीआरआई, गिरिबन्धु टी जग्गा प्रकरण, आदि इत्यादि।

गर्भमा ती प्रकरणको चस्का नहोला, भन्न सक्ने आधार पनि छैन। तर त्यो भन्दा पनि प्रचण्डले आफूलाई हिंसाको जन्जिरबाट उन्मुक्ति दिलाउन गरेको छलकपट र अस्थिर चरित्रको परिणाम भनेर बुझ्न करै लाग्छ।

कुनै बेलाका उनका सहयात्री डा बाबुराम भटटराईकै शब्दमा प्रचण्डको चतुर्‍याइँ कति दिन चल्ने? प्रचण्डले जादुयी नम्बरले ५ वर्ष पूरै कार्यकाल बिताउने लक्षण देखेपछि यस पटक प्रम ओलीले ‘न रहे बाँस न बजे बाँसुरी’कै हालतमा उनलाई पुर्‍यादिए।

यस कार्यकालमा अब प्रचण्डले चमत्कार गर्ने सम्भावना पूरै अन्त्य भएको छ। त्यसो त कौवाकै स्वरुपमा जुक्ति अपनाई प्रचण्ड र ओली एक अर्कालाई सक्न चाहन्छन्। गाउँले बनेका कांग्रेसले सर्पलाई वध गरेको स्यावासीमा ओलीसँग सत्तारोहणको अवसर जुरेको छ। सामान्य नागरिक र मतदाताले यो सत्तालाई कसरी बुझ्ने?

निर्वतमान प्रम प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत सामनासँगै मन्तव्य दिए- यो सरकार मध्यरातमा सहमति गरेर कसैको इसारमा बनेको हो, त्यसैले देश र नागरिकको पक्षमा छैन। यदि त्यसो हो भने यसअघि पनि त्यसरी नै प्रचण्ड सरकार बन्दै आएको हो, त्यसैले उनले अनुभवका आधारमा त्यसो भनेको हुनुपर्छ।

साधन शुद्ध नभएसम्म साध्यमा पुग्न सकिँदैन भन्ने गान्धीको उक्ति प्रचलित छ। संसदीय अंकगणितमा सरकार बन्ने गरेको भएपनि साधनको शुद्धीकरण हाम्रो संसदमा छैन। त्यसैले सरकारलाई सिक्री (भौतिक धातु) मान्दा हुन्छ। त्यो सिक्रीमा आँखा कसको कतिबेला लाग्छ थाहै हुदैन। नभए १८ महिनाको अवधिमा ५ पटक विश्वासको मत लिने अवस्था सिर्जना नै हुने थिएन।

यतिबेला कौवारुपी केपी ओलीले ३२ सिटे ‘जादुयी नम्बर’ भएका सत्ताका सर्पसावित पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सत्ता हत्याउन अपनाएको जुक्तिलाई उक्त लोककथाका माध्यमबाट बुझ्दा अन्यथा नहोला।

जसरी कागले बच्चा हुर्काउन सिक्रीको उपाय निकाल्यो, त्यसरी नै प्रचण्डबाट नेतृत्व हत्याउन शेरका बदला सवा शेरको जुक्ति ओलीले अपनाउनु पर्‍यो। त्यसका लागि दाहिना भैदिए कांग्रेस सभापति शेरबहादुर देउवा।

निर्वतमान प्रमले प्रचण्डले ‘संविधान संसोधन गरिए देश बर्बादीको दिशामा जान्छ’ भन्नु कथामा कागका बच्चा खाने सर्पको नियत जस्तै हो, भनेर बुझ्दा अन्यथा नहोला। किनकि उनी सत्तामा रहँदा आखिर भाइ, भतिजा, छोरी, ज्वाइ र आसेपासे, धुपौरेलाई भन्दा अरुलाई के गरे?

यति, ओम्नी, गिरीबन्धु, नक्कली भुटानी शरणार्थीहरुलाई थुनछेक मेरै कार्यकालमा भयो भन्नु संविधान र नागरिक मतको धज्जी उडाउनु हो। लोकतन्त्रमा पनि शासन व्यवस्था व्यक्तिकै तजबिजमा चलेको दाबी गर्नु सहिद रगतको अपमान होइन? एउटा जस भने उनलाई दिनैपर्छ, संविधानको मर्म अनुरुप केही सकारात्मक परिणामका लागि पहल सुरु गरेका हुन्। त्यसैका परिणाम हुन भ्रष्ट्राचारका फाइलमाथिको कारबाही प्रकरण। यति भनिरहँदा उनको मन्त्रिपरिषद्का सदस्य भने त्यो आरोपबाट मुक्त रहेनन्।

ओलीले मन्त्रिपरिषद्को बैठक डाकेर एकाएक दुई-दुई पटक संसद अन्त्य गराएको विगत छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमका निर्णयलाई परामर्श र सुझाव बिना आफूखुसी अनुमोदन गरिदिएकी थिइन्।

यतिबेला देश बाढीपहिरोको विपत्तिबाट गुज्रिरहेका बेला मुलुकमा देखिएको अविश्वास र छलकपटको राजनीति मुलुकका लागि कागका बच्चा खाने सर्प जस्तै लोकतन्त्र खाने खेलका रुपमा बुझ्दा अनर्थ नहोला! संयोग असार २८ को तीन वर्षअघि प्रम कार्यलय बालुवाटारबाट बाहिरिएका ओलीले यस पटक त्यही साइतमा राणा प्रधानमन्त्री भीम शमसेरको दरबारस्थल बालुवाटारको साइत गरेका छन्। त्यो पनि चन्द्र शमशेरपुत्र कृष्ण शमसेरले त्याग गरेको शीतल निवास अर्थात वर्तमान राष्ट्रपति कार्यालय पुगेर।

यसअघि प्रम रहँदा आफ्नाविरुद्ध चलखेल र गुटबन्दी भइरहँदा प्रम ओलीले मन्त्रिपरिषद्को बैठक डाकेर एकाएक दुई-दुई पटक संसद अन्त्य गराएको विगत छ। शीतल निवासले उनको प्रस्तावलाई तत्काल अनुमोदन गरिदिएर सघाउ पुर्‍याएको थियो।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमका निर्णयलाई परामर्श र सुझाव बिना आफूखुसी अनुमोदन गरिदिएकी थिइन्। उनको दुईदुई पटकको संसद विघटनलाई असंवैधानिक कदम भन्दै आएको कांग्रेसले उनको मुखबाट आत्मलोचना वा प्रायश्चित विना नै सत्तारोहण गरिरहँदा वा गराइरहँदा भोलि फेरि ओलीले कथाको सर्प कांग्रेसलाई नबनाउलान् भन्ने के ग्यारेन्टी?

यतिबेला मुलुकका ठूला दलभित्रको आन्तरिक कलहले शासन, प्रशासन मात्र नभएर लोकतन्त्र नै बन्दी अवस्थामा छ। आफैँमा लोकतान्त्रिक शासन व्यवस्थाको जग बसाल्ने बेला जिम्मेवार दलभित्रको किचलोले सहिदको सपना मात्र नभएर नयाँ पुस्ताको भविष्यलाई समेत तुषारापात गरिदिएको छ। यतिबेला नेपालको सत्ता र राजनीति अलमलिएको छ।

यतिबेला कौवासावित केपी ओली र सर्प सावित पुष्पकमल (प्रचण्ड) दाहालको अन्तर संर्घषको स्वार्थले जादुयी नम्बरको एउटा अध्याय त समाप्त भएको छ। दुई ठुला दलबीच मिलन त गराएको छ। त्यसबाट तत्कालै निराशा हुनुपर्ने अवस्था पनि छैन। तर ओलीको रवैयालाई शंकाको घेरामा राखेर मिडिया जगतले खबरदारी गर्नु आवश्यक छ।

सत्ता समीकरण दलका बीचमा आफैँमा सहज अवस्था छैन। निहित स्वार्थले सत्ता समीकरण बनेको तथ्य घामजस्तै छर्लंग छ। यस पटकको सत्ताले नयाँ कार्य आरम्भ भन्दा कुकर्मका कारण डामिएका अनुहारलाई व्यवस्थापन र जोगाउन गुप्त निर्णयको साहरा लिनुपर्ने अवस्था छ। त्यसले गर्दा नीति निर्माण लाग्नु पर्ने नेताहरु एकअर्का विरुद्ध कोठे बैठकमा नलाग्न भन्ने के ग्यारेन्टी?

यसअघि नै प्रम ओलीले समृद्धिको नारा दिँदै शासन गरिरहँदा अभ्यास भने संविधान र विधि अनुसार चल्न नसकेको विगत छ। त्यसबेला उनले सरकारबाट गरेका निर्णय, मन्त्रिपरिषद्को पटकपटकको हेरफेर, राजदूतहरुको नियुक्ति र भारतीय खुफिया एजेन्सीका प्रमुखलाई मध्यरातमा प्रम निवास बालुवाटारमै गरिएका भेटले उनी लोकतान्त्रिक विधि र पद्धतिका पक्षपोषक हैनन् भन्न सक्ने प्रशस्त आधार छन्।

यस पटक उक्त छविलाई बदल्न ओलीलाई अवसर पनि हो। सल्लाहकारमा सत्पात्रको चयन हुन सकोस्। शुभकामना, यो कार्यकाल नागरिकमैत्री बनाउँदै सुशासन दिन सफल रहोस्। यसअघि दुईदुई पटक संसद विघटन गर्दा लागेको कालो धब्बा मेटाउन सद्बुद्धि मिलोस्।

प्रकाशित: २०८१ असार ३१ गते सोमबार ०४:०३
प्रतिक्रिया

थप समाचार

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...

तरकारीका बेर्ना बेचेर लाखौँ आम्दानी गर्दै राजकुमार

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आएका छन्। उनले तरकारीको बेर्नासँगै गहुँ र धानको...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ: स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला...

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना