२०८३ कार्तिक २५ गते मङ्गलबार

टीकापुरको जोखिम संवेदनशील भूउपयोग योजना

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १
tikapur

टीकापुर- जिल्लाको टीकापुर नगरपालिकाको जोखिम संवेदनशील भूउपयोग योजनाको अन्तिम मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ। नगरपालिकाको भूउपयोग योजना लागू भएमा सहरी विकास र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जनाइएको छ।

भूउपयोग योजनामा सहरी अवस्था विश्लेषण, बहुविपद् जोखिम मूल्याङ्कन, बहुक्षेत्रगत जोखिम क्षमता विश्लेषण, सहरी जनसङ्ख्या र स्थानीय वृद्धिको प्रवृत्ति, भूउपयोग क्षेत्र निर्धारण योजना, प्रस्तावित भूउपयोग नीतिलगायत विषय समेटिएका छन्।

योजनामा नगरपालिका र वडास्तरका बहुविपद्हरूको पहिचान र नक्साङ्कन गरिएको छ। कृषि, सडक, भवनजस्ता क्षेत्रमा जोखिमको स्तर मूल्याङ्कन गरिएको छ। बहुविपद् जोखिम मूल्याङ्कनका आधारमा वडामा रहेका जग्गालाई अति उच्च जोखिम, उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिम वर्गमा वर्गीकरण गरिएको छ।

कार्यक्रममा सहजीकरण गर्दै परामर्शदाता डा सञ्जय उप्रेतीले योजना निर्माण गर्दा विभिन्नखाले अध्ययन गरिएको बताए। ‘बहुविपद्का दृष्टिले वडा नं १ कम जोखिममा र वडा नं ८ उच्च जोखिममा रहेको वडाका रूपमा राखिएको छ’, उनले भने, ‘वडा नं २, ५ र ६ मध्यम जोखिम वडाका रूपमा छन्। वडा नं ५, ७ का धेरै बस्तीलगायत वडा नं ६ र ९ का दैलेखपुर र पायलगाउँ बाढीको उच्च जोखिममा रहेका छन्।’

उनले बुहप्रकोपसँगै सकङ्टासन्न जोखिम आकलन विश्लेषण गर्दा उच्च जोखिममा रहेका क्षेत्रमा निर्माण, घर बनाउन निषेध गर्नुपर्ने बताए। ‘हामीले योजनामा उच्च जोखिममा रहेका क्षेत्रमा पालिकाले विकास निर्माणका कार्य नगर्ने, घर बनाउन अनुमति दिन हुँदैन भन्ने उल्लेख गरेका छौँ’, उनले भने, ‘जोखिम विश्लेषण गर्दा उच्च जोखिममा रहेका क्षेत्र निर्माणका लागि निषेधित गरेमा क्षति न्यूनीकरणमा सहयोग पुग्छ।’

भूउपयोग योजनामा भूउपयोग क्षेत्रलाई ११ वर्गमा वर्गीकरण गरिएको छ। यसमा मिश्रित सहरी क्षेत्र, सहरी विस्तार क्षेत्र, सहरी बजार क्षेत्र, संस्थागत क्षेत्र, औद्योगिक क्षेत्र, ग्रामीण बजार क्षेत्र, न्यून जनघनत्व ग्रामीण आवासीय क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्र, खुला क्षेत्र र नदी र जल क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ। भूउपयोग योजनाले सुरक्षित क्षेत्रहरूमा विकासलाई बढावा दिन, प्राकृतिक स्रोतहरूको संरक्षण गर्न विद्यमान सहरी क्षेत्र र ग्रामीण बजार वरपर कृषि भूमि र पूर्वाधारको विस्तारलाई बढावा दिने काम गर्छ। यसका साथै नगरपालिकाको भूउपयोग नीति निर्माण गरिएको छ।

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख भूमिश्वर पोखरेलले योजना बनाएमा पालिकालाई आउँदा दिनमा सहरी विकास गर्न, हरेक वडामा लगानी गर्दा सहज हुने बताए। ‘भूउपयोग योजनापछि कुन क्षेत्रमा के गर्ने, कस्ताखाले विकास गर्ने भन्ने योजना बनाउन सहज हुन्छ’, उनले भने, ‘विपद् न्यूनीकरणमा यो योजनाले थप सहयोग पुग्छ।’

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीले जथाभावी हुने उत्खननले विपद् निम्त्याएकाले यस्ता विषय समावेश हुनुपर्ने बताए। ‘निर्माणका नाममा एकातिर खन्ने, अर्कोतिर माटो थुपार्ने कार्यले विपद् निम्त्याएको छ। यस वर्ष पनि खाल्डाखुल्डीमा बालबालिका डुबेर ज्यान गएका छन्’, उनले भने, ‘शिविरमा रहेका बस्तीमा सुकेका रुख ढलेर मानिसको ज्यान जाने जोखिम छ। यस्ता विपद्लाई पनि समेट्न आवश्यक छ।’

प्रकाशित: २०८१ साउन १ गते मङ्गलबार ०९:५८
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना