काठमाडौँ- द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल नियुक्त भएका छन्।
नेपाली क्रिकेटको वृद्धि विकासमा सक्षम र प्रभावशाली नेतृत्व प्रदान गरिरहेका कप्तान पौडेल युवाका रोल मोडल भएकाले उनलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।
हालै सम्पन्न ब्राण्ड एम्बेसडर घोषणा कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सालिक रामभण्डारीले नेक्स्ट एजुकेशनले सधैं टिमवर्क, गुणस्तर र पारदर्शितामा विश्वास राख्ने बताए।
उनका अनुसार क्रिकेटमा पनि गुणस्तर, पारदर्शिता र टिमवर्क महत्वपूर्ण रहने हुँदा कप्तान पौडेलसँगको सहकार्यले नेपाली विद्यार्थीले शैक्षिक परामर्षका क्षेत्रमा आवश्यक ज्ञान हासिल गर्न सक्षम हुनेछन्।
त्यसैगरी कप्तान पौडलले नेक्स्ट एजुकेशनसँगको साझेदारीमार्फत आफू सम्मानीत भएको बताए। ‘जुनकम्पनीले नेपाली युवाहरूको जीवनमा वास्तविक मार्गदर्शन र काउन्सिलिङको क्षेत्रमा ठूलो भूमिका निर्वाह गरेको छ,’ उनले भने, ‘त्यो कम्पनीसँग साझेदारी गर्नु आफ्ना लागि खुशीको विषय हो।’


