उत्तराखण्ड- भारतको उत्तराखण्डस्थत धार्मिक धाम केदारनाथ जाने बाटोमा पहिरो खस्दा कम्तीमा तीन जनाको मृत्यु भएको छ।
आइतबार बिहान भएको उक्त घटनामा परी थप ८ जना घाइते भएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ।
दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी छ।
दुर्घटनाबारे उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले पनि आफ्नो अधिकारीबाट पोस्ट गरेका छन्।
पुष्करसिंह धामीले घटनास्थलमा राहत र उद्धारको काम भइरहेको बताएका छन्। घटनाका सम्बन्धमा अधिकारीहरूसँग आफू निरन्तर सम्पर्कमा रहेको उनको भनाइ छ।
‘भगवानले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा शोक सहन सक्ने शक्ति प्रदान गरुन्,’ उनले एक्समा लेखेका छन्।
केदारनाथ यात्रा मार्ग के पास पहाड़ी से मलबा व भारी पत्थर गिरने से कुछ यात्रियों के हताहत होने का समाचार अत्यंत दुःखद है। घटनास्थल पर राहत एवं बचाव कार्य जारी है, इस सम्बन्ध में निरंतर अधिकारियों के संपर्क में हूं। हादसे में घायल हुए लोगों को त्वरित रूप से बेहतर उपचार उपलब्ध…
— Pushkar Singh Dhami (@pushkardhami) July 21, 2024


