काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन्।
विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएका हुन्।
विश्वासको मत नपाउने अवस्था देखेपछि आइतबार मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभा बैठकमा राजीनामा दिएका हुन्।
सोही बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिएका हुन्।
जम्मकट्टेल माओवादीका नेता हुन्।
यसअघि कांग्रेस र एमालेले राजीनामा दिएर नयाँ सरकार बनाउने बाटो खुला गर्न मुख्यमन्त्रीसँग आग्रह गर्दै आएका थिए।
केन्द्रमा एमाले-कांग्रेसबीच भएको सहमति अनुसार अब बागमतीले कांग्रेसबाट मुखुयमन्त्री पाउने भएको छ।


