काठमाडौँ- त्रिभुवन विमानस्थल परिसरमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार क्याप्टेन ३७ वर्षीय मनिष शाक्यको उद्धार गरिएको छ।
उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ। उनको अनुहारमा चोट लागेको छ।
शाक्यले अस्पतालमा आकस्मिक कक्षमा पुगे लगत्तै फोन मागेका थिए।
दुर्घटनामा घाइते पाइलट शाक्यको शरीरमा जलन भएको छैन। तर उनको शरीरमा विभिन्न स्थानमा भने चोट लागेको छ। उनको मुखबाट पनि रगत आइरहेको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकले जानकारी दिए।
प्रारम्भिक जानकारीअनुसार जहाज दुर्घटना हुँदा पाइलट बसेको ककपटिको भाग एयरपोर्टको माथिल्लो स्थानमा नै अड्किएको र जहाजको अन्य भाग तल खसेका कारण ककपिट जल्न पाएको थिएन।
बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखराका लागि उडान गर्ने क्रममा रनवे छोड्ने बित्तिकै दुर्घटनामा परेको थियो।
सौर्य एयरलाइन्सले दिएको जहाजमा रहेका यात्रुहरुको विवरण यसप्रकार रहेको छ।


