काठमाडौँ- सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी १८ जनाको मृत्यु भएपछिप्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनास्थल पुगेका छन्।
उद्धारको काम सकिएर विमानस्थल सञ्चालनमा आएपछि गृहमन्त्री रमेश लेखकसहित प्रधानमन्त्री दुर्घटनास्थल पुगेका थिए। सुरक्षा अंगका प्रमुख पनि विमानस्थल पुगेका थिए।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे बुझ्न प्रधानमन्त्री ओली विमानस्थल पुगेको उनका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिए।
जहाजका क्याप्टेन मनीष शाक्यको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ। शाक्य बोल्न सक्ने अवस्थामा छन्।
एयरलाइन्सका कर्मचारी लिएर नियमित प्राविधिक परीक्षणका लागि जहाज पोखरातर्फ जाँदै थियो।
धावनमार्ग छोडेलगत्तै विमान दुर्घटनामा परेको बताइएको छ।
विमानमा दुई जना चालक दलका सदस्यसहित १९ सवार थिए।


