काठमाडौँ- सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएर १८ जनाको मृत्यु भएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।
बुधबार अपराह्न ५ बजेका लागि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेको उनको सचिवालयले जानकारी दिएको छ।
बुधबार बिहान ११ बजेर १३ मिनेटमा पोखरा जाने क्रममा सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षेत्रभित्रै दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते भएका क्याप्टेन मनीष शाक्यको केएमसी अस्पतालमा उपचार भइरहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनेछन्।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार दुर्घटनाको छानबिनका लागि समिति गठन गर्ने विषयमा मन्त्रिपरिषदमा छलफल त निर्णय हुनेछ।


