२०८३ कार्तिक १५ गते शनिवार

डोल्लु सामुदायिक वनमा ओमोडाले रोप्यो ३ हजार बिरुवा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन ९
PR Image Tree Plantation

काठमाडौँ- नेपालमा ओमोडाका लागि आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्रालिले टि-ट्वान्टि विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना (सि एस आर) अन्तर्गत ३ हजार रुख-बिरुवाको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

ओमोडाले यसै अन्तर्गत दक्षिणकाली नगरपालिकाको डोल्लु समुदाय (डोल्लु सामुदायिक वन)सँगको सहकार्यमा ‘ग्रिन नेपाल, ग्रिनर फ्युचर’ नाराको साथ ‘ओ-फरेस्ट’ को अवधारणा र योजना ल्याएको हो। डोल्लु सामुदायिक वनमा अवस्थित यही ‘ओ-फरेस्ट’मा डोल्लु समुदाय, देशभरका विद्युतीय गाडी ओमोडाका चालक, पारखी तथा ग्राहकहरूको सहभागितामा ५ श्रावणमा वृक्षारोपण सम्पन्न भएको हो। वृक्षारोपण कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।

आधुनिक प्रविधि तथा पर्यावरणमैत्री परियोजनाहरू मार्फत वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने ओमोडाको दिगो लक्ष्यमा आधारित यो पहलद्वारा विद्युतीय सवारीको प्रवर्द्धन हुनुका साथै डोल्लु सामुदायिक वनका लागि उचित रुख-बिरुवा पनि रोपिएको छ। यो अभियान दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धताको एउटा महत्वपूर्ण कदम हो।

वृक्षारोपण कार्यक्रमले डोल्लु सामुदायिक वनमा रुखको सङ्ख्यामा स्वाभाविक वृद्धि हुनुका साथै त्यहाँ रहेका लोपन्मुख प्रजातिका वनस्पति तथा जीवजन्तुको संरक्षण तथा सम्वर्द्धनमा पनि सकारात्मक प्रभाव पार्छ। एसपिजि अटोमोबाइल्सले वृक्षारोपण कार्यक्रम अन्तर्गत १५०० रुख-बिरुवा दक्षिणकालीमा र इलाममा ‘रेड पान्डा नेटवर्क’सँगको सहकार्यमा रेड पान्डाको आरक्षणका लागि थप १५०० रुख-बिरुवा पनि रोपेको छ।

एसपिजि अटोमोबाइल्स, यस्तै व्यावहारिक योजना तथा पहलकदमीहरूद्वारा काठमाडौँमा व्याप्त वातावरण प्रदूषणका नकारात्मक असरहरूलाई न्यूनीकरण गर्न आफ्नो भूमिका खेल्दै आइरहेको छ।

एसपिजि अटोमोबाइल्स, पर्यावरण प्रवर्द्धन, उदयोन्मुख जीवजन्तु संरक्षण, तथा जलवायु परिवर्तन अनुकुलनका निम्ति एकआपसमा समुदाय वा जुनसुकै निकायसँग सधैँ हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ।

एसपिजि अटोमोबाइल्स प्रालि नेपालमा ओमोडा एण्ड जेइको अटोमोबाइल कम्पनी लिमिटेडको आधिकारिक वितरक हो।

प्रकाशित: २०८१ साउन ९ गते बुधबार ०४:३०
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना