काठमाडौँ- ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।
गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। रेग्मीले भदौ १ गतेबाट कार्यभार सम्हालेछन्।
बैंकिङ क्षेत्रमा ३५ वर्ष लामो अनुभव लिएका उनले व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा सञ्चालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा काम गरेका छन्।
यसअघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन्।
उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।
हाल बैंकको सीईओमा रत्नराज बज्राचार्य छन्। उनी आगामी भदौ १ गतेबाट लागू हुने गरी बाहिरिने छन्।
कम्पनीको सोही बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ।


