२०८३ कार्तिक २५ गते मङ्गलबार

यस्तो थियो पोखरामा यति एयर दुर्घटनाअघि पाइलट र कोपाइलटबीच भएको कुराकानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १५
yeti pokhara
सन् २०२३ जनवरी १५ (माघ १, २०७९)मा पोखरामा दुर्घटना भएको यती एयरलाइन्स।

काठमाडौं- पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना अघिको ककपिप भ्वाइस रेकर्डर्स सार्वजनिक भएको छ। २०७९ माघ १ गते यति एयरको एटिआर ७२ ९एन–एनएनसी जहाज दुर्घटना परी ७२ जनाले ज्यान गुमाएका थिए।

काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको विमान १०:५० बजे अन्तिम पटक टावरसँग सम्पर्कमा आएको थियो। टावरसँग सम्पर्कमा आएको केही समयपछि विमान दुर्घटनामा परेको थियो। सो विमानलाई पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाले उडाएका थिए।

केसी प्रशिक्षक पाइलट थिए। उनीसँग २० वर्षभन्दा बढी समय विमान उडाएको अनुभव थियो। विमान दुर्घटनापछि सरकारले गठन गरेको जाँचबुझ आयोगले चालक दलको कमजोरीका कारण विमान दुर्घटना भएको निष्कर्ष निकालेको थियो। पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब ९ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो।

दुर्घटना अघिको ककपिट भ्वाइस ग्राउण्ड जिरो नामक युट्युब च्यानलले सार्वजनिक गरेको हो।

यस्तो छ केसी र खतिवडाबीच भएको कुराकानीः

पाइलट: अहिले हामी वान जिरो डेभिड सिक्स फाइभ। अहिले फाइभ थ्री भएपनि टेरेन (डाँडा) आउँदैन रछ। हामी सिक्स फाइभ धेरै माथि पो रहेछौं त पहिला। अब हेयरिङ मोड तिर जाऔं अलिक राइट तिर बस यसले ठिक लादैन राइट हेरियङ थीवानजिरो हेयरिङ।

कोपाइलट: हजुर।

पाइलट: वानवानफाइभ छ। त्यहाँ त्यसमा चाँही बल्ल सेटल हुन्छ रनवे वानटु जिरो चाँही वानवानफाइभमा सेटल हुन्छ।

कोपाइलट: ए..ए..

पाइलट: झर्दै जाउँ फोरवान सम्म झरेहुन्छ। अनि पहिला पुरानो पासमा पार है सानो ठाउँमा।

कोपाइलट: ए.. हुन्छ हुन्छ।

पाइलट: तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै।

कोपाइलट: हो हो.. गरेको हो।

पाइलट: त्यो पासमा थ्री थाउजेण्ड फाइभ हन्ड्रेजजति झर्ने फ्लाप्ससहित लिएर है। उ त्याँ रनवे भिजुवल छ। अझै राइटमा बस राइट ह्या्ड डाउन, ए लेफ्ट ह्याण्ड डाउन।

पाइलट: पुरानो एयरपोर्टमा बेस बनाउ है।

कोपाइलट: बेस बनाउनु परो?

पाइलट: हजुर, टु टुलाई बेस बनाएर भीओआर हेर।

कोपाइलट: अँ। भिजुअल..

पाइलट: त्यसपछि कन्टिन्यू टर्नको टर्न नै गर है।

पाइलट: फोर फाइभ, १७० स्पिड ठिकै छ।

कोपाइलट: हजुर।

पाइलट: अँ ठ्याक्क त्यो डाँडामा।

कोपाइलट: ओके।

पाइलट: धेरै जनालाई गराइसकेँ। कम्फर्टेबल नै छ त्यस्तो अनकम्फर्टेबल छैन। बिहान मात्र हो अर्लि मर्निङमा चाँही डाइरेक्ट आँखामा घाम आउँछ अनि मिस्ट (तुँवालो) हुन्छ। त्यतिले मात्र हो।

कोपाइलट: अब यो ५ माइल्स बाट चाँही झर्ने। होइन त अब?

पाइलट: ओके। डाउन टू थ्री थाउजेन्ड। फाइनलमा चाहीँ थ्री थाउजेन्डमा ठिक्क हुन्छ।

पाइलटः पोखरा एति एयरलाइन्स सिक्सनाइनवान। ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु।

(ल्यान्डिङ गर्न अनुमति प्राप्त भएको अस्पष्ट कुराकानी)

पाइलट: त्यो दुईवटा डाँडाको बीचमा ल्याउँ है। थ्री फाइभ मात्र र धेरै तल पनि नजाउ। धेरै टेरेन आएको आइगर्छ। त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला उ त्यो चाँही हो त्यो ठूलो। डाँडाको अलि यता। धेरै लङ बनाउन खोज्यौं भने त्यो टावर तिर पुग्छ नि फेरि। त्यता जानु हुँदैन।

पाइलट: ओके अब डाउन।

कोपाइलट: अब म्यानुअल लिने हो सर?

पाइलट: ए पर्दैन। एकछिन ठिकै छ। सिधा गइन्जेल पर्दैन। त्यसपछि लास्टमा चाँही म्यानुअल।

पाइलट: ल अब यहाँबाट चाँही म्यानुअल लिए हुन्छ।

(ककपिटमा टुँ…टुँ.. आवाज आउँछ।)

कोपाइलट: ओके।

पाइलट: फ्ल्यास लिभर वान फिफ्टी। फ्लाप्स थर्टी झर्दै जाउँ है।

पाइलट: रेडि फर ल्यान्डिङ। ल्यान्डिङ गियर…
कोपाइलटः डाउन।

पाइलटः फ्लाप्स
कोपाइलटः थर्ट ।

पाइलट: ट्रान्समिसन
कोपाइलट: टेकअफ

(अस्पष्ट निर्देशन र जवाफ)

पाइटलः एक्सटर्नल लाइट।
कोपाइलटः अन।

कोपाइलटः के आयो?

पाइटलः हेर।

कोपाइलटः एयर लिफ्ट भनेर आइरहेको छ।

(ककपिटमा जहाजको उचाइ संकेत ध्वनी बज्छ ।)

कोपाइटलः कन्टिन्यु टर्न होइन?
पाइटलः हो।

पाइलट: यो नयाँ एयरपोर्ट पट्टी अलिक तलै।
कोपाइलट: तलै जानु परो?

पाइलट: होइन होइन तल होइन। यो यत्तिकै ठिक छ पावर हाल है।

कोपाइलट (आत्तिँदै): पावरै आएन। (झन् डराउँदै) पावर नै आएन त।

(रनवे वानटुमा ल्यान्ड गर्न एटीसीको संकेत)

पाइलट: पावर.. अगाडि हाल्नु परो नि!
कोपाइलट (डराउँदै):आएन सर, टर्क नै आएन के सर।

पाइलट: यता जाउ त।

कोपाइलटः यो डुअल ल्यान्डिङ है सर।
पाइलटः हँ।
कोपाइलटः टर्क नै आएन के सर। यो आउनुपर्ने नि त टर्क यतातिर के सर। ओके..

पाइलट: के भयो?

(जहाजमा खतराको संकेत टुँ..टुँ..टुँ..टुँ… आवाज आउँछ)
आssss (कोपाइलट चिच्याएको आवाज आउँछ)

प्रकाशित: २०८१ साउन १५ गते मङ्गलबार ०१:३१
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना