काठमाडौँ- खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक गरेको छ।
प्रतिष्ठानले कृष्ण गौतमको अद्वैत, सानु शर्माको अर्को देशमा, रोशन शेरचनाको गल्ली संसार, कुमार नगरकोटीको जोगियाना र गोविन्दप्रसाद कुसुमको भृकुटीलाई उत्कृष्ट पुस्तकको सूचीमा राखेको हो।
यसअघि चयन प्रक्रियाको पहिलो चरणमा असार १५ गते १५ पुस्तकको विस्तारित सूची सार्वजनिक भएको थियो।
यही १५ पुस्तकमध्येबाट पाँच पुस्तकको सूची सार्वजनिक गरिएको हो। यसमध्ये एक पुस्तकले २०८१ सालको पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्नेछ।
२०८० सालको पद्मश्री साहित्य पुरस्कार मनु उपन्यासका लागि देवीप्रसाद सुवेदीलाई प्रदान गरिएकाे थियाे।
पुरस्कारका लागि प्राप्त पुस्तकमध्ये उत्कृष्ट १५ पुस्तकको प्रारम्भिक सूची सार्वजनिक गरिएको थियो। त्यसपछि अन्तिम सूचीमा पाँच पुस्तक छानिएका थिए। जसमध्ये मनुलाई पुरस्कार प्रदान गरिएको हो।



