२०८३ कार्तिक १५ गते शनिवार

नेपाल लाइफको तीनदिने ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ सम्पन्न

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन १६
LEA 3

जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले तीन दिवसीय लिडरसिप एक्सिलेन्सी अवार्ड कार्यक्रम सम्पन्न गरेको छ।

भैरहवाको टाइगर प्यालेस रिसोर्टमा यही साउन ११ देखि १३ गतेसम्म चलेको कार्यक्रम “हक वर्ष: फ्लाई हाई, एम हायर” नाराका साथ सम्पन्न भएको हो।

कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १९१ एजेन्सी तथा एजेन्सी मेनेजरहरु र कम्पनीका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो।

कम्पनीका सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा भर्चुवल्ली बोल्दै सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले आ.व २०८०/८१ मा गरेको जबर्जस्त प्रस्तुतिको लागि व्यक्तिगत र सञ्चालक समितिको तर्फबाट बधाई र धन्यवाद दिएका थिए।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनी आफ्नो बजार हिस्सा बढाउन सफल भएको थियो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरेका थिए। उनले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालू आर्थिक वर्ष २०८१/८२ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए।

कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेल, पेसागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी, पेसागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए।

कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट १४१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो।

कार्यक्रममा सम्मानको साथ साथै ३० जनालाई सम्राट पदक, २२ जनालाई रत्न पदक र १३७ जनालाई समृद्धि पदकबाट पनि विभूषित गरिएको थियो।

त्यस्तै एजेन्सी मेनेजर तर्फबाट क्रमशस् नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फबाट क्रमश: नेपाल प्रथम, द्वितीय र तृतीय हुने खुशी भट्ट, भीमा पन्थी र अर्बिन राजवंशीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो।

प्रकाशित: २०८१ साउन १६ गते बुधबार ०१:३१
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना