काठमाडौँ- राष्ट्रिय सुरक्षा परिषद्का राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राजीनामा दिएको विषय सार्वजनिक भएको छ।
वैरागीले ९ साउनमै राजीनामा दिएका थिए। तर प्रधानमन्त्री कार्यालयले उनको राजीनामा विषय केही दिन गोप्य राख्न सफल भएको थियो।
भ्रष्टाचार आरोप लागेर हाल निलम्बनमा परेका सचिव (तत्कालीन) बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउनका लागि वैरागीले बाटो बनाइदिएका थिए।
बैरागीलाई सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार पद सिर्जना गरी त्यता पठाएर अर्याललाई मुख्यसचिव बनाइएको थियो।
तीन दिनपछि अवकाश पाउन लागेका अर्याल मुख्यसचिव नियुक्त भएपछि कर्मचारीतन्त्रको शिखर चुमेका थिए।
निवर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई कार्यकाल बाँकी छँदै राजीनामा गराएर अर्याललाई मुख्यसचिव बनाइएको थियो।
वैरागी मन्त्रीसरहको सुविधा पाउने लिएर सुरक्षा सल्लाहकार नियुक्त भएका थिए।


