काठमाडाैं— पायोनियर मोटोकर्प प्रालिले नेपाली बजारमा ग्लोबल प्रिमियम इभि ब्रान्ड जिकरको जिकर एक्स मोडल सार्वजनिक गर्ने तयारी गरेको छ। जिकर ब्रान्डले नेपाली बजारमा जिकर एक्स मोडलसहित डेब्यु गर्नेछ। जसमा डुअल-मोटर अल-ह्विल ड्राइभ र सिङ्गल-मोटर रियर-ह्विल ड्राइभ गरी दुई भेरियन्ट रहेका छन्।
जिकर एक्स एक प्रिमियम कम्प्याक्ट एसयुभी हो। जुन आधुनिक जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने गरी डिजाइन गरिएको छ। जिकर एक्सले एक पृथक डिजाइन-शैली, अत्याधुनिक प्रविधि, उत्कृष्ट रेन्ज र पर्फमेन्ससहित नेपाली ग्राहकहरूमाझ छुट्टै पहिचान स्थापना गर्नेछ। जिकर एक्सले सबै ड्राइभिङ अवस्था तथा सबै किसिमका सडकमा उत्कृष्ट अनुभव र निर्धक्कता प्रदान गर्दछ। सोही कारण नयाँ परिवेशमा भ्रमण गर्न खोज्ने र अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि जिकर एक्स एक उत्तम एसयुभी सावित हुन्छ।
जिकर एक्सको दुवै भेरियन्टमा ६६ किलोवाटआवरको ब्याट्री रहेको छ। जसले सिङ्गल-मोटर, रियर-ह्विल-ड्राइभ, लङ्ग रेन्ज मोडलमा ४४० किमीको डब्लुएलटिपि रेन्ज प्रदान गर्दछ। १५० किलोवाटको डिसि चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसी चार्जरले गाडीलाई शून्यबाट १०० प्रतिशतसम्म चार्ज गर्न जम्मा ४ घण्टा लाग्नेछ।
पायोनियर मोटोकर्पका निर्देशक सन्दीप कुमार शारडा भन्छन्, ‘जिकर एक त्यस्तो प्रिमियम इभि ब्रान्ड हो जसले आजको युगको ग्राहकहरूको जीवनशैलीलाई बुझ्दै आधुनिक प्रविधिमा ग्राहक-केन्द्रित गाडी डिजाइन तथा उत्पादन गर्दछ। त्यसैगरी ‘जिकर एक्स’ गतिशील शहरी सभ्यताको आधुनिक जीवनशैलीका लागि डिजाइन गरिएको गाडी हो। नेपाली ग्राहकको समयअनुरुप परिष्कृत रूची तथा आधुनिक जीवनशैलीलाई हामी निकटबाट बुझ्दछौँ। सोही अनुरुप हामीले परिवेश र समय-सुहाउँदो जिकर ब्रान्ड नेपालमा सार्वजनिक गरिरहेका छौँ जसले उच्चस्तरीय पर्फमेन्स, अत्याधुनिक प्रविधिसहित प्रिमियम एसयुभिको बढ्दो मागलाई पूरा गर्दछ। जसअन्तर्गत जिकर एक्स डेब्यु मोडल रहेको छ जसले सरल डिजाइन, आधुनिक प्रविधि तथा उच्चस्तरको सुरक्षा सुविधा एकसाथ प्रस्तुत गर्दछ। नेपाली एसयुभी बजारमा जिकर एक्स, एक नौलो अनुभव र नयाँ अध्याय सावित हुनेछ भन्नेमा हामी विश्वस्त छौँ।’
जिकर एक्सको आधुनिक र ‘एरोडाइनामिक’ डिजाइनले यसलाई अरू एसयुभिभन्दा अझै सरल, सुन्दर र सुविधासम्पन्न गाडीको रूपमा स्थापित गर्दछ। गाडीको एक्सटेरियर भागमा ‘स्मुथ लाइन तथा स्कल्पटेड प्रोफाइल’ को डिजाइन प्रयोग, ‘प्यानोरामिक सनरुफ’, र इन्ट्रिगेटेड डबल-एज्ड एलइडि डिआरएलको आकर्षण पाउन सकिन्छ। साथै, जिकरको ‘इन्टेलिजेन्ट बि-पिलर’ नामक विशेष सुविधाले कारभित्र प्रवेश गर्नुअगावै गाडीको बारेमा महत्वपूर्ण जानकारीहरू ‘डोर ह्यान्डल’ (गाडीको ढोका) मा देखाउँदछ।
गाडीको इन्टेरियरमा, ‘यामाहा अडियो सिस्टम’, ‘भेन्टिलेटेड फ्रन्ट सिट’ जस्ता आधुनिक र उपयोगी सुविधाहरू समावेश गरिनुका साथै सबै भाग आधुनिक र विशेष डिजाइनमा सुसज्जित रहेको छ। यसमा सुरक्षित, आधुनिक र प्रविधियुक्त ड्राइभिङ अनुभवका लागि ‘इन्टर्याक्टिभ ककपिट’ को पनि सुविधा रहेको छ। जसमा १४.६ इन्चको टचस्क्रिन डिस्प्ले, ८.८ इन्चको इन्स्ट्रुमेन्ट प्यानल समावेश रहेको छ।
सस्टेनेबल एक्सपेरियन्स आर्किटेक्चरमा निर्मित जिकरले स्ट्रक्चरल सेफ्टि (संरचनात्मक सुरक्षा) सुनिश्चित गर्दछ र ‘एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’मा सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ। यस अन्तर्गत ७ वटा एयरब्याग, इन्टर्नल एन्टि-कोलिजन बिम, र परिष्कृत सुरक्षा प्रणालीले गाडीमा सवार सबैलाई उच्चस्तरीय सुरक्षा प्रदान गर्दछ ।
पायोनियर मोटो कर्पले ईभीका पारखी, गाडी चालक तथा खरिदकर्ता र ग्राहकलाई जिकर एक्सको अनुभव लिन आग्रह गरेको छ। सन् २०१४ मा स्थापित पायोनियर मोटो कर्प प्रालि नेपालमा अग्रणी अटोमोबाइल वितरक हो। शारडा ग्रुपको सहायक(सिस्टर कन्सर्न) कम्पनी रहेको पायोनियर मोटो कर्प नेपालमा जिकरको लागि आधिकारिक वितरक हो।


