२०८३ कार्तिक १२ गते बुधबार

बंगलादेशमा अन्तरिम सरकार बनाउने सेनाको घोषणा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २१
waker_uz_zahman_army-chief

ढाका- प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर शरण लिन भारत पसेपछि अन्तरिम सरकार बन्ने सेनाले घोषणा गरेको छ।

प्रधानमन्त्री हसिनाले देश छोडेपछि सेनाका प्रमुख जनरल वकार–उज–जमानले सञ्चारमाध्यमलाई सम्बोधन गर्दै बंगलादेशमा अन्तरिम सरकार बन्ने घोषणा गरेका हुन्।

बीबीसी बाङ्लाका अनुसार सेनाप्रमुख वकार उज जमानले राजनीतिक दलका नेताहरूसँग छलफल गरेपछि उनले यस्तो बताएका हुन्।

यद्यपि कसको नेतृत्वमा अन्तरिम सरकार बनाउने भन्ने विषयमा सेनाप्रमुख जमानले कुनै पनि विषय खुलाएका छैनन्।

‘अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं। अब अन्तरिम सरकार गठनबारे छलफल गर्न राष्ट्रपतिसमक्ष जानेछौँ। हामीलाई विश्वास गर्नुहोस्,’ दलका नेताहरूसँग छलफल गरेपछि सेनाप्रमुख जमानले भने, हामीले सबै राजनीतिक दलका नेताहरूसँग कुरा गरेका छौं, सबैलाई यहाँ बोलाएका थियौं। त्यसैले छलफल भयो।’

उनले प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको पनि पुष्टि गरे।

सोमबार रातिसम्ममा नयाँ सरकार बनाउने विषयमा निर्णय हुन सक्ने उनको भनाइ छ।

सेनाप्रमुख जमालले आन्दोलनकारीलाई घर फर्कनसमेत आग्रह गरेका छन्। सेना र प्रहरीलाई गोलाबारी नगर्न निर्देशन दिइएको उनको जिकिर छ।

‘कृपया मलाई मद्दत गर्नुहोस्। हामी अब झगडा गर्ने छैनौं। त्यसैले कृपया हामी सबै विनाशबाट बच्न दिनुहोस्। हरेक अन्यायको न्याय हुनेछ,’ उनले आन्दोलनकारीहरूसँग आग्रह गरे।

छलफलमा जमात अमिर, नेकपाका शीर्ष नेता, राष्ट्रिय पार्टीका नेता, नागरिक समाजका व्यक्तिहरु सहभागी थिए। तर अवामी लिगबाट कोही पनि सहभागी नभएको बताइएको छ।

यतिबेला ढाकाका सडकमा सेना तैनाथ गरिएको छ। तर पनि र्‍यालीलाई रोक्न सकेको छैन। दिउँसोदेखि नै सडकमा प्रहरीको उपस्थिति भने न्यून देखिएको छ।

हजारौं मानिस पैदल र रिक्सामा प्रधानमन्त्री निवास शाहबागतर्फ लागेका थिए। र्‍यालीमा महिलाहरुको बाक्लो संख्या रहेको छ।

प्रधानमन्त्री निवासमा आन्दोलनकारी प्रवेश गरेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी थिइन्। देश छोड्दा उनकी बहिनी शेख रेहाना पनि साथमा थिइन्।

बीबीसी बंगलाका अनुसार शेख हसिना हेलिकोप्टरमा भारतीय सहर अगरतला प्रस्थान गरेकी हुन्।

बंगलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन सोमबार थप व्यापक भएको छ।

विद्यार्थी नेताहरुले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौं मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन्।

आइतबारको आन्दोलनमा कम्तीमा ९० जना प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ। कोटाविरोधी आन्दोलन सुरु भएयता ३ सय जनाको मृत्यु भएको बताइएको छ।

बंगलादेशको प्रधानमन्त्री निवासमा आन्दोलनकारी, सैनिक हेलिकोप्टर चढेर भागिन् हसिना

प्रकाशित: २०८१ साउन २१ गते सोमबार ०४:०५
प्रतिक्रिया

थप समाचार

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...

जीबी राईले भने- ‘नेपाल फर्कन तयार छु, रवि र छविलाई जोड्नु उचित होइन’

काठमाडौँ: सहकारी ठगी प्रकरणमा लामो समयदेखि फरार रहेका जिबी राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। उनले बचतकर्ताको रकम फिर्ता गर्न सरकारसँग सहकार्य गर्न चाहेको पनि उल्लेख गरेका छन्। सेतोपाटीलाई...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना