काठमाडौं–नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी तिलक भारतीका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ। उनका अनुसार चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको छ।
बुधबार दिउँसो काठमाडौंबाट रसुवातर्फ उडेको एयर डाइनेस्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा परेको थियो।
काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको हेलिकोप्टर तीन मिनेटपछि नै सम्पर्कविहीन भएको थियो।


