काठमाडौँ– एयर डायनास्टीको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न सरकारले जाँचबुझ आयोग बनाएको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा जाँचबुझ आयोग बनाएको हो।
आयोगमा विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य छन्।
छानबिन गरी प्रतिवेदन पेस गर्न आयोगले ३० दिनको म्याद पाएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।
मंगलबार दिउँसो नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो।


