२०८३ कार्तिक २५ गते मङ्गलबार

हेटौँडामा अफिस राखेर अनलाइनमार्फत ठगी गर्ने ९ भारतीय नागरिक पक्राउ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २३
Untitled

मकवानपुर- प्रहरीले अनलाइनमार्फत ठगी गर्ने नौ जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

जिल्लाको हेटौँडा उपमहानगरपालिका–४, पारिजातपथस्थित प्रमोद वाग्लेको घरको पाँचौँ तला भाडामा लिएर अनलाइनमार्फत ठगी गर्ने नौ जनालाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा भारत पटना थाना आलमगञ्ज वडा नं ५७ बस्ने २८ वर्षीय नवनित कुमार, भारत स्वाग कोल्लिएरी, बोकरो झारखण्ड बस्ने २७ वर्षीय शाहरुख खान, भारत करवा बलराम अरवल करपी बिहार बस्ने २९ वर्षीय कुन्दन कुमार, भारत कृष्ण कालोनी छोटी मुखानी हल्द्वानी नैनिताल उत्तराखण्ड बस्ने २६ वर्षीय आशिष कब्डौला, भारत काजु बागाना रोड सुन्दर नगर, हेहल राँची झारखण्ड बस्ने ३४ वर्षीय विशाल कक्कड, भारत केशवनगर पहाडी टोल रातु रोड राँची झारखण्ड बस्ने ३८ वर्षीय लोकेशकुमार दुवे, भारत लोवर वर्दवान कम्पाउड लालपुर राँची झारखण्ड बस्ने २९ वर्षीय विकासकुमार सिंह, भारत नांगलोड वेस्टी देल्ही बस्ने २८ वर्षीय अरुणकुमार, भारत वैशाली गजियावाद उत्तर प्रदेश बस्ने ४० वर्षीय कुनाल शर्मा रहेका छन्।

साउन २१ गते साँझ ६ बजेको समयमा भाडाको फ्ल्याटमा बसी मेडि असिष्ट नामको कम्पनीमार्फत अनलाइन ठगीको कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

उनकानुसार पक्राउ परेका उनीहरूको साथबाट विभिन्न कम्पनीका ल्यापटप सात थान, राउटर तीन थान, मोबाइल १३ थान, हार्ड डिस्क १ थान, हेडफोन चार थान, माउस दुई थान, ल्यापटपका चार्जर १८ थान, वेब क्यामेरा १ थान, मेडी एसिस्ट डाइरेक्टर लेखेको स्ट्याम्प दुई थान, मेडी एसिस्ट लेखेको स्ट्याम्प दुई थान बरामद भएका छन्।

गत फागुन १० गते हेटौँडा उपमहानगरपालिकाको कार्यालयमा भारतको पुष्प बिहार जिल्ला नयाँ दिल्ली स्थायी बसोबास गर्ने द्रवीनकुमार सिंहको नाममा मेडी असिष्ट कम्पनी दर्ता गरी परामर्श सेवा प्रदान गर्ने गरी वाग्लेको घरमा फ्ल्याट भाडामा लिई सञ्चालन गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक रिजालले बताए।

मानव स्वास्थ्यसम्बन्धी सेवा प्रदान गर्ने गरी पान नम्बर दर्ता गरिएको उक्त कम्पनीमा १२ जनालाई काममा राखेको बुझिए पनि हाल नौ जनालाई मात्रै पक्राउ गरिएको छ। अन्य तीन जना (द्रवीनकुमार सिंह, रजत शर्मा र प्रकाश) भने फरार रहेका उनले बताए।

उक्त कम्पनीमा कार्यरत व्यक्तिले १८ देखि ५० हजार भारतीय रुपैयाँ नगदमा तलब बुझ्ने गरेको खुले पनि भुक्तानीको कुनै पनि अभिलेख फेला नपरेको प्रहरीले जनाएको छ। पक्राउ परेका उनीहरूलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धानका अगाडि बढाइएको छ।

प्रकाशित: २०८१ साउन २३ गते बुधबार ०८:१०
प्रतिक्रिया

थप समाचार

अर्थमन्त्री वाग्ले टाइमको ‘१०० प्रभावशाली जलवायु नेताहरू’को सूचीमा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का विश्वका १०० प्रभावशाली जलवायु नेताहरूको सूचीमा परेका छन्। अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको ‘टाइम १०० क्लाइमेट’ सूचीमा वाग्ले...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

काठमाडौं। आज नोभेम्बर १० तारिख विश्वभर ‘शान्ति र विकासका लागि विश्व विज्ञान दिवस’ मनाइँदैछ। समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म...

नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार बढ्दो, तीन महिना २ अर्ब बढी

क्रिप्टोकरेन्सी कारोबार भएको हो। केही दिनअघि एउटै घटनामा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबारमा संलग्न एकजनालाई प्रहरीले धनुषाबाट पक्राउ गरेको थियो।

फेसबुक र टिकटकको विकल्प बन्दै नेपालीले बनाएको सामाजिक सञ्जाल ‘थोप्ला’

क्यान्बेरा: नेपाली समुदायलाई विश्वभर एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यसहित विकास गरिएको सामाजिक सञ्जाल ‘थोप्ला’ प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको छ। नेपाली युवाको पहलमा तयार...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना