२०८३ कार्तिक २५ गते मङ्गलबार

साहित्यकार रमेश विकलका ‘समग्र कथा, उपन्यास र नाटक खण्ड’ लोकार्पण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
trusr

काठमाडौँ- नेपाली आख्यान क्षेत्रका शीर्ष साधक रमेश विकलका समग्र कथा, उपन्यास र नाटक खण्ड लोकार्पण गरिएको छ। आज यहाँ गोकर्णेश्वरमा रमेश विकल साहित्य प्रतिष्ठानले एक कार्यक्रमको आयोजना गर्दै कथा, उपन्यास र नाटकको छुट्टाछुट्टै सङ्ग्रह सार्वजनिक गरेको हो।

सार्वजनिक सङ्ग्रहले छरिएका कृतिलाई एकत्रित गरेको प्रतिष्ठानका महासचिव विजय चालिसेले बताए। ‘धेरै सहयोगी हात र गोकर्णेश्वर नगरपालिकाको सहयोगले सङ्ग्रह निकाल्न सकेका हौँ। साहित्यकार विकलले विसं २०१६ देखि विभिन्न कालखण्डमा लेखेका कथा, उपन्यास र नाटकलाई एकै ग्रन्थ बनाउन धेरै मेहनत गरेका छौँ। केही छुटेका र अन्य रचनालाई पनि क्रमबद्ध रूपमा समट्ने छौँ। अब साहित्यकार विकलका सिर्जनालाई एउटै ग्रन्थमा पढ्न पाइनेछ’, उनले भने। महासचिव चालिसेले नगरपालिकाले साहित्यका विधामा यस्ता गतिविधिलाई प्रोत्साहित गर्ने गरेकामा धन्यवाद दिए।

नगरपालिका प्रमुख दीपककुमार रिसालले एक संस्थामा साहित्यकार विकल अध्यक्ष हुँदा आफू सचिव भएर सहकार्य गरेको स्मरण गँदै नगरपालिकाले उनको कृतिलाई सङ्ग्रहित गर्न पाउनु गौरवको विषय रहेको बताए। ‘साहित्य क्षेत्रलाई संरक्षण गर्नु जनप्रतिनिधिको कर्तव्य नै हो। उनीहरूलाई प्रोत्साहन गर्न हामीले नगरभित्रका एक र नगरबाहिर जुनसुकै स्थानको एक साहित्यकारलाई सम्मान गर्ने गरेका छौँ। साहित्यकारलाई यस नगरमा अपनत्व महसुस होस् भनेर प्रकाशनमा सहयोग गरेर साहित्यलाई जीवन्त बनाउने प्रयासलाई आगामी दिनमा पनि निरन्तरता दिने छौँ’, उनले भने। नगर प्रमुख रिसालले नगरभित्र रहेका साहित्यकर्मीले रु एक लाख बराबरको स्वास्थ्य सेवा निःशुल्क प्राप्त गरिरहेको जानकारी गराए।

सङ्ग्रहित ग्रन्थका सम्पादक ठाकुर शर्मा भण्डारीले साहित्यकार विकलको सिर्जनाको महत्व र त्यसको दूरदर्शिताको विषयमा चर्चा गर्नुभयो । कार्यक्रममा रचनाका विषयमा साहित्यकार शार्दूल भट्टराई, गोपी मैनालीलगायतले समेत धारणा राखेका थिए।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, नगरउपप्रमुख सान्नानी लामा, वडा नं ८ का अध्यक्ष राजीव थापालगायत विभिन्न साहित्यकर्मीको उपस्थिति रहेको थियो। सामाजिक यथार्थवादी आख्यानकार विकलको निधन विसं २०६५ पुस २ गते भएको थियो।

प्रकाशित: २०८१ साउन २५ गते शुक्रबार ०८:४१
प्रतिक्रिया

थप समाचार

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'

जोशीले ल्याए ‘बैसाखी’

काठमाडौँ: युवा साहित्यकार तथा पत्रकार यज्ञराज जोशीको पहिलो कृति बैसाखी सार्वजनिक भएको छ। शनिबार काठमाडैंमा आयोजित एक समारोहबीच त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा. महादेव अवस्थी, साहित्यकार...

गौतमको ‘फर्कनुछ देश’ र बस्नेतको ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक

काठमाडौँ: अमेरिकालाई कर्मथलो बनाउँदै आएका कवि गौतम सागरको कवितासंग्रह ‘फर्कनुछ देश’ र गीतकार मणिराज बस्नेतको गीतिसंग्रह ‘प्रवासी मनका भावनाहरू’ सार्वजनिक गरिएको छ। लेखकद्धयले शनिबार कोलोराडोस्थित...

‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह बजारमा

काठमाडौँ: काव्यशिखर श्रवण मुकारुङको नयाँ कविता सङ्ग्रह 'आवाज नआइपुग्ने मेघको उज्यालो' सार्वजनिक भएको छ। 'बीसे नगर्चीको बयान' कविता सङ्ग्रह प्रकाशन भएको १६ वर्षपछि मुकारुङको नयाँ कविता सङ्ग्रह...

मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक

काठमाडौँ: समकालीन नेपाली कविता आकाशका सशक्त हस्ताक्षर कवि मौन आवाजको कविता सङ्ग्रह ‘बेनाम नदी बग्ने निर्जन जङ्गल’ सार्वजनिक भएको छ। आइतबार चन्द्रागिरि साहित्य समाजको आयोजनामा नेपाल प्रज्ञा–प्रतिष्ठानका...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना