काठमाडौँ- निओ मनी ट्रान्सफर र कुवेतको अल–एक्तसाद युनाइटेड एक्सचेन्जबीच सहकार्य भएको छ। सहकार्यसँगै अबदेखि कुवेतमा बसिरहेका नेपालीहरुले सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ।
वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले कुवेत निकै आकर्षक गन्तव्य बनिरहेको छ। हाल कुवेतमा हजारौँ नेपालीहरु आफ्ना परिवारका लागि काम गर्ने क्रममा बसोबास गरिरहेका छन्।
अल–एक्तसाद युनाइटेड एक्सचेन्जसँग सहकार्य भएसँगै अब कुवेतमा रहेका नेपालीहरुले अब एक्सचेन्जको १२ वटा शाखाहरुबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्ने कम्पनीले जनाएको छ।
बैंक तथा वालेट भुक्तानी कारोवार निओ मनी ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहीको खातामा भुक्तानी हुने कम्पनीले बताएको छ। साथै नगदमा पठाइएको कारोवार पनि निओ मनी ट्रान्सफरका नेपालभर रहेका १५ हजारभन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सक्ने जनाएको छ।


