काठमाडौँ- विश्व फोटोग्राफी दिवस (अगस्ट १९) को अवसरमा ललितपुरको पाटन दरबार स्क्वायरमा फोटो प्रर्दशनी गरिएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह, नेपालद्वारा आयोजना गरिएको सो प्रदर्शनीमा ४५ जना फोटोग्राफर र फोटो पत्रकारको ६० भन्दा बढी फोटोहरु प्रदर्शनीमा राखिएको छ।
‘होइन माउन्टेन स्माइल’ शीर्षक दिएको सो प्रदर्शनीमा नेपालका हिमालहरूको फोटोहरु राखिएको छ।


