काठमाडौँ– नबिल बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा दिने भएको छ। नबिल बैंकले आधार दर सरह नै ब्याजदरमा घर कर्जा दिने भएको हो।
बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा उपलब्ध गराउने भएको हो। बैंकले भदौ महिनाका लागि ७.६३ प्रतिशत आधार दर निर्धारण गरेको छ।
आधार दरमा ३ प्रतिशतसम्म प्रिमियम थप लिने गरिएको बैंकले जनाएको छ। सो आधारमा घर कर्जाको ब्याजदर १०.६३ प्रतिशत ब्याजदर हुन आउँछ।
तर, सो योजनाअन्तर्गत बैंकले ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा उपलब्ध गराउने बैैंकको भनाइ छ। बैंकले अधिकतम ३० वर्षसम्म अवधिका लागि घर कर्जा दिनेछ। ७.९९ प्रतिशत ब्याजदर ७ वर्षसम्मका लागि स्थिर हो।


