२०८३ कार्तिक १५ गते शनिवार

नेशनल लाईफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ९
National-life-768×397 (1)

काठमाडौं- नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ३६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभा कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको हो।

सिंहले आर्थिक वर्ष २०७९/०८० मा जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसके पनि गत आर्थिक वर्ष २०८०/०८१ मा सुधारको वाटो तय गरेको जानकारी दिइन्।

आव २०७९/०८० मा कम्पनीको वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको बताइएको छ। कम्पनीको कूल बीमा शुल्क १६.६६ प्रतिशतले वृद्धि भएर १६ अर्ब ८० करोड पुगेको छ।

समीक्षा वर्षको संचालनवाट जम्मा ९ अर्ब ३१ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले वृद्धि भएर वर्षान्तमा ६५ अर्ब ४० करोड पुगेको छ।

कूल लगानी १५.७२ प्रतिशतले वृद्धि भएर ४९ अर्ब ७८ करोड पुगेको छ। कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत रहेको बताइएको छ।

कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९/०८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ।

कम्पनीले आगामी दिनमा आफ्नो स्वामित्वमा रहेको जग्गामा ब्यापारिक भवन निर्माण गर्ने जनाएको छ। यसै क्रममा कम्पनीले नेपालगन्जमा भवन निर्माण सम्पन्न गर्न लागेको छ।

कम्पनीले आव २०७९/०८० को बीमाङ्कन सन्तोषप्रद रहेको भन्दै नियामकीय निकायको निर्देशन अनुसार बीमितहरुलाई दिदैं आएको वोनस दरमालाई निरन्तरता दिएर बीमितलाई उचित प्रतिफल दिन सफल भएको जनाएको छ।

३६ औं वार्षिक साधारण सभाले आव २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी ५ अर्ब १ करोडमा १० प्रतिशतका दरले नगद लाभांश ५० करोड र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश २० करोडका साथै उक्त नगद तथा बोनस लाभांशमा कर प्रयोजनको लागि ३ करोड ६९ लाख रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ५ अर्बमा ४ प्रतिशतको वोनस शेयर थप गरी कूल चुक्ता पूँजी ५ अर्ब २१ करोड पुगेको छ।

प्रकाशित: २०८१ भदौ ९ गते आईतबार १२:०७
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना