२०८३ कार्तिक २१ गते शुक्रबार

मुकुललाई साधारण सदस्यबाटै बर्खास्त गर्दै रास्वपा, छाया सरकार बनाउने तयारी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
rsp_meeting

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका पूर्वमहामन्त्री तथा पूर्वप्रवक्ता डा मुकुल ढकाललाई साधारण सदस्यबाट बर्खास्त गर्ने तयारी गरेको छ।

उनीलाई साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने निर्णय गर्नका लागि सभापति रवि लामिछानेले बोलाएको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय च:मतिमा सुरु भएको छ।

रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा ढकालमाथि गर्ने अनुशासनको कारबाहीका विषयमा छलफल हुनेछ।

यसअघि रास्वपाले महामन्त्री र प्रवक्ता तथा केन्द्रीय सदस्यबाट बर्खास्त गरेको थियो।

तर पार्टी सभापति लामिछानेमाथि ढकालले राजनीतिक आक्रमण  गर्न बन्द नगरेपछि र उनलाई साधारण सदस्यबाटै बर्खास्त गर्ने तयारी गरेका हुन्।

साधारण सदस्यबाट बर्खास्तीको निर्णय लिनुअघि ढकाललाई स्पष्टीकरण पनि सोधिएको थियो। रास्वपाका अनुसार यो स्पष्टीकरण ढकालका लागि अन्तिम मौका थियो।

तर उनले दिएको पछिल्लो स्पष्टीकरणमा पनि लामिछानेमाथि आक्रमण गरिएको र पार्टीलाई बुझाउनुपर्ने स्पष्टीकरण सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेपछि लामिछाने थप आक्रोशित बनेका छन्।

ढकालले पार्टी सभापति रवि लामिछानेमाथि ठगी र भ्रष्टाचार गरेको आरोप लगाएका छन्। सभापति लामिछानेबारे गम्भीर प्रश्न उठाउँदै उनले सभापतिका कमी–कमजोरीमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु नभई शुद्धीकरणको प्रयास भएको बताएका छन्।

‘तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नुभएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु,’ पार्टीको साधारण सदस्यबाट मुक्त किन नगर्ने भन्दै अन्तिमपटक सोधिएको स्पष्टीकरणको जवाफ उनले सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘सहकारी मुद्दामा तपाईं ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ। भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ। राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न।’

बैठकमा स्थानीय छाया सरकार सञ्चालनबारे कार्यविधिका विषयमा पनि छलफल गरिने झाको भनाइ छ। पार्टीका आधारभूत संगठन बलियो बनाउन रास्वपाले स्थानीय तहमा छाया सरकार बनाउन लागेको हो।

रास्वपा संस्थापक महामन्त्री डा. मुकुल ढकालद्वारा सभापति लामिछानेमाथि भ्रष्टाचार र ठगीको आरोप

प्रकाशित: २०८१ भदौ ११ गते मङ्गलबार १०:३२
प्रतिक्रिया

थप समाचार

oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना