काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेमाथि ठगी र भ्रष्टाचार गरेको आरोप लगाएका छन्। सभापति लामिछानेबारे गम्भीर प्रश्न उठाउँदै उनले सभापतिका कमी–कमजोरीमा प्रश्न उठाउनु पार्टीविरुद्ध लाग्नु नभई शुद्धीकरणको प्रयास भएको बताएका छन्।
पार्टीको साधारण सदस्यबाट मुक्त किन नगर्ने भन्दै अन्तिमपटक सोधिएको स्पष्टीकरणको जवाफ उनले सामाजिक सञ्जालमा राख्दै लेखेका छन्- “तपाईं रवि लामिछानेले सहकारीमा ठगी गर्नुभएको छ, तपाईंले मन्त्री हुँदा भ्रष्टाचार गर्नुभएको छ र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु.” मुकुलले जवाफमा थपेका छन्, “सहकारी मुद्दामा तपाईं ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ। भ्रष्टाचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ। राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न।”
मुकुल ढकालको जवाफ पढ्नोस्–



