काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए।
दानबहादुरलाई मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा तानेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद नियुक्त गरी कार्कीलाई उक्त पदमा नियुक्त गरिएको हो।


