काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५ लाखदेखि १ करोडसम्मको शैक्षिक कर्जा दिने भएकाे छ।
बैंकका अनुसार उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जा योजना सार्वजनिक गरेको हो।
‘शैक्षिक कर्जा’ अन्तर्गत विद्यार्थीहरूले ५ लाखदेखि १ करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्।
योजना अन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ।
बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्ने बैंकको निर्णयमा उल्लेख छ।


