२०८३ कार्तिक २१ गते शुक्रबार

क्यान र सीएसएबीच सम्बन्ध विस्तार गर्न भूमिका खेल्छु : प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १९
kapilman_shrestha (1)

काठमाडौँ-  दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठले नेपाली क्रिकेट संघ (क्यान) र क्रिकेट साउथ अफ्रिका (सीएसए)बीचको सम्बन्ध विस्तारमा भूमिका खेल्ने बताएका छन्।

बुधबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा जारी बैठकमा उनले कार्यपत्र पेस गरेका छन्। उनले नेपाली क्रिकेटको गुणस्तर सुधार गर्न आफूले क्यान र क्रिकेट साउथ अफ्रिकाबीच पारस्परिक लाभ हुने गरी सम्बन्ध विस्तार गर्ने बताएका हुन्।

उनले राजदूत भएर तीन चरणमा काम गर्ने पनि कार्यपत्रमा उल्लेख गरेका छन्। उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समयमा आफूले गर्ने कामहरूबारे कार्यपत्रमा प्रस्तुत गरेका छन्।

अल्पकालीन समय अर्थात् पहिलो ६ महिनामा उनले दक्षिण अफ्रिकी सरकार विशेषगरी विदेश मन्त्रालय र त्यससँग सम्बन्धित अन्य निकायसँग सम्बन्ध विस्तार गर्ने बताए।

त्यसपछिको ६ महिना अर्थात् मध्यकालीन समयमा उनले व्यापार, लगानी, शैक्षिक र सांस्कृतिक आदानप्रदानका विषयमा सम्झौता गर्ने कार्यपत्रमा उल्लेख गरेका छन्।

दक्षिण अफ्रिकी नागरिकलाई नेपाल भ्रमणमा प्रेरित गर्ने योजना पनि रहेको उनले बताए। राजदूत भएको एक वर्षपछि भने दीर्घकालीन कामहरू गर्ने उनले बताए।

दुई पक्षीय सम्बन्धलाई गहिरो बनाउने, नेपाललाई दक्षिण अफ्रिकाको भरपर्दो पार्टनर, पर्यटन प्रवर्द्धन, खेलकुद विशेषगरी क्यान र क्रिकेट साउथ अफ्रिकाको सम्बन्ध विस्तार र पब्लिक डिप्लोमेसीमा काम गर्ने उनले बताए।

प्रकाशित: २०८१ भदौ १९ गते बुधबार ०३:४९
प्रतिक्रिया

थप समाचार

रसेल चम्किँदा विराटनगरको दोस्रो जित,उक्लियो पहिलो स्थानमा 

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको पहिलो खेलमा अहिले  विराटनगर किंग्सले  जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ। जितका लागि पाएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले...

एनपीएलमा बन्यो दशौँ अर्धशतक

काठमाडौँ: राजधानीमा जारी तेस्रो सँस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सका विदेशी खेलाडी आन्द्रे रसेलले प्रहार गरेको अर्धशतकसँगै एपीएलमा हालसम्म अर्धशतक दश पुगेको छ। रसेलले...

टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीचको...

कर्नालीको अपराजित यात्रामा ब्रेक, काठमाडौँ ४ विकेटले विजयी

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौँ गोर्खाजले कर्नाली याक्सलाई ४ विकेटले हराएको छ। लगातार तेस्रो जितको खोजीमा रहेको कर्नालीको...

जनकपुरविरुद्ध बलिङमा पोखरा

राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले जनकपुर बोल्ट्स...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
rameshowre
उद्योग

केटिएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना