काठमाडौँ- बजाज मोटरसाइकलको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले नयाँ स्किम ‘क्यास सफारी’ ल्याएको छ।
नेपालीहरूको महान चाड बडा दशैंतिहार र छठको अवसरमा यस्तो स्किम ल्याएकाे हाे। ‘हातहातमा हात्ती, लकमा लखपति’ को सन्देशसहित यसपालीको चाडपर्व विशेष हुने कम्पनीले जनाएको छ।
उक्त योजनाअन्तर्गत ग्राहकहरूले हरेक बजाजको खरिदमा स्योर सट रूपमा १ लाखसम्म क्यास जित्न सक्नेछन् भने साप्ताहिक–ड्र अन्तर्गत हरेक हप्ता एक जोडीले चितवनमा जङ्गल सफारीको अवसर पाउनेछन्। त्यसैगरी, बम्परमा एक जोडीले केन्यामा जङ्गल सफारीको अवसर पाउनेछन्।
कम्पनीका हेड अफ मार्केटिङ अमित राज चालिसेले ग्राहकहरूलाई फरक किसिमको अनुभव प्रदान गर्न यस्ताे किसिमकाे स्किम ल्याएकाे जानकारी दिए।
बजाजले ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ। इजी फाइनान्स र ५०% डाउनपेमेन्टको अफर पनि यस चाडपर्वमा लागू हुनेछ।


