धनगढी–धनगढीमा इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार प्रयोग गरिएको छ।
प्रहारबाट चालक र सहचालक दुवै घाइते छन्।
ना ६ ख ९४०६ नम्बरको ट्यांकर चालक हरेन्द्र देउवा र सहचालक अनिल देउवालाई पार्किङको विषयमा विवाद हुँदा हतियार आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर विष्टले जानकारी दिए
दुवैको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ। आक्रमणकारी दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


