२०८३ कार्तिक २५ गते मङ्गलबार

‘भैँसी सुत्केरी भत्ता’ले दोब्बर बन्यो उत्पादन

 |  राजकुमार पराजुली
Sanket

राजकुमार पराजुली

काठमाडौँ, भदौ २५
buff

काभ्रेपलाञ्चोक- विसं २०७७ मा भैँसीको पाडी ल्याएर स्याहारेदेखि पनौती नगरपालिका–११ ख्याकूका माधव थापाको घरमा लैनो भैँसी टुटेको छैन।

चार वर्षदेखि लैनो भैँसीको दूध बेचेर घर व्यवहार खर्च टार्दै आएकी थापा त्यसबखत पनौती नगरले अनुदानमा दिएका पाडी ठूलो भई ब्याएपछि नगरको ठूलो सम्झिरहेको गुन लगाएको बताउँछन्। उक्त पाडी ब्याएपछि नगरले रु पाँच हजार ‘सुत्केरी भैँसी भत्ता’ पनि दिएको थियो।

‘भैँसीबाट पहिलो बेतमा एक लाख ८० हजारको दूध बिक्री गरेँ। त्यसपछि पनि अनुदानमै पाडी थप्दै घरमा लैनो भैँसी टुटाएको छैन, उही हाराहारीमा आम्दानी भइरहेको छ’, थापाले भने। पहिलो पटक सुत्केरी भएको भैँसीलाई नगरले सुत्केरी भत्ता दियो, पाडी किन्दा लगानी गरेको रकम सुत्केरी भत्तासँगै फिर्ता भयो। नियमित बिक्री गरेको दूधबाट परिवार पनि चल्यो।

यस्तै, सोही साल नगरबाट पाडी अनुदान पाएकी स्थानीय शोभा थापाले पनि एक वर्ष नपाल्दै पाडो लैनो भैँसी बनेपछि घर खर्च चलाउने आधार बन्दै आएको बताउँछिन्। उनी भन्छिन्, ‘अहिलेको भैँसीले पनि दैनिक आठ लिटर दूध दिन्छ, यसमध्ये पाँच लिटर बेच्न लैजान्छु, यसबाटै घरखर्च चलाउँदै आएको छु।’ सोही टोलको सावित्री थापाको घरमा अहिले लैनो भैँसी छ। त्यतिबेला घरमा भएको भैँसी पहिलो बेत सुत्केरी हुँदा नगरले नै रु पाँच हजार ‘सुत्केरी भत्ता’ पनि गोठमै पुगेर दिएको थियो।

‘पहिलो बेतको पाडी हुर्कियो, अहिले दोस्रो बेतमा राम्रो भएको छ, मैले बुझाएको सात हजारमध्ये पुनः पाँच हजार अनुदानमा ल्याएको पाडी सुत्केरी भत्तामा फिर्ता आयो’, थापाले भनिन्। उनले दुई हजार नगरलाई दिएको ‘बोट’मा अहिले दुई लाख फलेको भन्दै थापा खुसी व्यक्त गर्छिन्। उनी भन्छिन्, ‘पहिलो बेतमा घरमा खाएर दुई लाखको दूध बेचेँ, दोस्रो बेतमा पनि त्यही हुन्छ होला १’ एकपछि अर्को गर्दै जन्मिएका पाडीहरुले दिएको खुसी थापा दङ्ग छिन्।

यस्तै, वर्षौंदेखि गाई पाल्दै आएकी पनौती–३ को विमला सापकोटाले तीन वर्षअघि गोठमा एउटा भैँसी थपेकी थिइन्। नगरले ल्याएको अनुदानपछि भैँसी थपेर दूध बिक्रीमार्फत घर खर्चसँगै छोराछोरीको विद्यालय खर्च धान्दै आएको उनी बताउँछिन्। ‘गाई र भैँसीको दूध बेचेर घर र छोराछोरीको खर्च धान्दै आएकी छु, यसका लागि नगरको अनुदान बीमा र सुत्केरी प्रोत्साहनका कारण भैँसीपालनप्रति आकर्षण बढ्यो,’ सापकोटाले भनिन्।

अभियान सुरु गरेपछि भैँसीको सङ्ख्या पनि झन्डै दोब्बरको हाराहारीमा पुगेको छ।

पनौती नपा–१२ का यज्ञ खत्री नगरले भैँसीपालनमा ल्याएको अनुदान, बीमा र सुत्केरी प्रोत्साहनले पुनः व्यावसायिक भैँसीपालनमा लागेको छ। उनी भन्छन्, ‘विभिन्न समस्या र दूधको मूल्य नपाउँदा सधैँ घाटामा भैँसी पाल्न नसकिने भएपछि चार भैँसी मासुको मूल्यमा बेचेर छोडेको थिए, अहिले पुनः भैँसी पाल्न जाँगर चलाएको छु, हाल मेरो गोठमा सात भैँसी छन्।’

पनौती नगरको ‘भैँसी सुत्केरी भत्ता’ कार्यक्रमबाट सहयोग मिल्नाका साथै थप आत्मबल बढेको स्थानीय बताउँछन्। ‘भैँसी पाल्दा धेरै लगानी गर्नुपर्ने, थोरै मुनाफा हुने, रोग लाग्ने डर हुन्थ्थो अब त्यो समस्या हटेको छ, भैँसीको बीमा पनि हुने अनुदान रकम पनि पाइने हामी किसानलाई ठूलो राहात मिलेको छ,’ पनौती–१२ कै भावना थापा भन्छिन्, ‘अब थप दुईवटा भैँसी थपेर पाडापाडी पनि हुर्काउँछु।’ पनौती–५ का चन्द्रप्रसाद न्यौपानेले फार्म नै स्थापना गरी १७ भैँसी पालेकी छिन्। उनी भनिछन्, ‘नगरले भत्तासँगै भ्याक्सिन र औषधि निःशुल्क गर्दा यसप्रति आकर्षण थपिएको छ।’

नगर उपप्रमुख गीता बञ्जारा नगरले उपलब्ध गराएको एउटा पाडीले अहिले किसानका गोठ भरिन थालेको र किसान खुसी देखिएको सुनाउँछिन्। ‘गरिब तथा एउटा भैँसी किन्न नसक्ने परिवारलाई उक्त कार्यक्रम निकै प्रभावकारी देखिएको छ’, उनले भनिन्। पहिलो र दास्रो बेतका दुधालु भैँसीको अहिले एक लाख ५० हजारदेखि दुई लाखसम्म पर्छन्। तर दुई वर्षदेखि नगरले उक्त कार्यक्रमलाई निरन्तरता नदिएको प्रति भने स्थानीय दुःखी नै देखिन्छन्।

करिब चार वर्ष नगरले १२ वटा वडामा नौ सय १८ पाडी वितरण ग¥यो। यसमध्ये हालसम्म करिब सात सय ११ भैँसी ब्याइसकेको नगरको कृषि तथा पशुपक्षी शाखाले जनाएको छ। वडा नं १ र १२ लाई प्राथमिकतामा राखेर सबै वडामा वितरण गरिएका पाडीहरु धमाधम सुत्केरी भएका छन्। त्यसबाट स्थानीयवासीले निरन्तर आम्दानी लिन थालेका छन्।

भैँसी आयात रोक्ने, स्रोत केन्द्र बनाउने र नागरवासीलाई आत्मनिर्भर बनाउँदै आर्थिक समृद्धि हासिल गर्ने नगरले त्येतिबेला एक मात्रै लक्ष्य लिएको पूर्वनगर प्रमुख भीम न्यौपानेले बताउँछन्। नगरले आर्थिक वर्ष २०७४÷७५ बाट ‘भैँसी संरक्षण–संवद्र्धन अभियान’अन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको थियो। जननिर्वाचित जनप्रतिनिधिले नेतृत्वमा नगरको कार्यसम्पादनको कार्यभार सम्हालेलगत्तै सुरु गरिएको सुत्केरी भैँसी भत्ता कार्यक्रम मुलुकभर चर्चाको विषयसमेत बन्न पुग्यो।

पनौतीमा दैनिक करिब ७५ हजार लिटर हाराहारीमा उत्पादन हुन्छ। यसमध्ये ५० हजार लिटर काठमाडौँ बिक्रीका लागि पठाइन्छ।

अभियान सञ्चालनताका पनौतीमा उत्पादित दूधको परिमाणभन्दा हाल दोब्बर उत्पादन हुने गरेको नगरको तथ्याङ्कले देखाएको छ। त्यस आर्थिक वर्षको तथ्याङ्कअनुसार पनौती नगरमा चार हजार सात ४७ वटा भैँसीपालन गरिएको थियो। त्यस समयमा वार्षिक रुपमा करिब पाँच सय भैँसी खरिद भएर बाहिरी जिल्लाबाट भित्रन्थे। करिब छ करोड भैँसी खरिदमा बाहिर रकम बाहिर जाने गरेको थियो।

त्यतिबेला पनौतीमा दैनिक ४० हजार लिटर दूध उत्पादन हुने गरेको थियो। उत्पादितमध्ये १५ हजार लिटर यही खपत हुने गरेको र २५ हजार काठमाडौँ उपत्यका लैजाने गरिन्थो। जनप्रतिनिधिले उक्त अभियान सुरु गरेपछि भैँसीको सङ्ख्या पनि झन्डै दोब्बरको हाराहारीमा पुगेको छ। नगरले सुरुमा दूध उत्पादन र नगरमा भैँसीको अवस्थाबारे एक अध्ययन गरी सुरु गरेको अनुसार भैँसी संरक्षणको अभियानअन्तर्गत पहिला भैँसी सुत्केरी भत्ता वितरण गरेको हो।

पनौती नगरपालिकाले पाडी वितरणका लागि कार्यविधि तयार गरेको थियो। किसानसमेत लगानीमा उपलब्ध गराइएको पाडी बिक्रीका लागि नगरको अनुमति अनिवार्य थियो। बिरामी भएमा, थारो रहेमा वा केही त्यस्ता सर्त पालना नहुँदा पाडी सट्टापट्टा गर्ने अनुमति हुन्थ्यो। बीमा, उपचारलगायत सुविधासमेत उपलब्ध गराएर उपलब्ध गराएको पाडी पहिलोपटक सुत्केरी हुँदा रु पाँच हजार किसानले सुरुमा लगानी गरेको रकम फिर्ता लैजान्छन्। नगरपालिकाले पहिलोपटक सुत्केरी भएको भैँसीलाई पाँच हजार र दोस्रो पटक तथा थप पटकमा दुई हजार उपलब्ध गराउँदै आएको थियो।

कार्यविधिअनुसार त्यसरी बिक्री गरिएका पाडीहरुको लागत अनुसारको २० प्रतिशत रकम नगरको राजस्व शाखामा बुझाउनुपर्छ। अनुमगन नभएको र नगरबाट समेत बेवास्ता गरिएकाले अधिकांश किसानले नगरलाई बुझाउनुपर्ने रकम बुझाएका छैनन्। विसं २०७९ अघि त्यसरी बिक्री गर्ने केही किसानले भने नगरमा नियमानुसार रकम जम्मा गरेका थिए।

पहिलो बेतको भैँसी सुत्केरी हुँदा पाँच हजार र त्यसपछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको शाखाले जनाएको छ। उक्त कार्यक्रममा सहभागी हुन अनिवार्य बीमा गर्नुपर्ने नियम राखिएको थियो। बीमा गरेबापत लागेको प्रिमियम नगरले ५० प्रतिशत दिने व्यवस्था भयो। भैँसीलाई खोप, घाँसका बीउ निःशुल्क उपलब्ध गराइँदै आइएको जनाइएको छ।

कार्यक्रम लागू गर्दाका बखत दुई सय १७ भैँसीलाई पाँचका दरले सुत्केरी भत्ता दिएको शाखाप्रमुख लीलानाथ सापकोटाले बताए। उनका अनुसार करिब एक हजार पाँच सय भैँसी–भत्ता किसानलाई वितरण गरिएको थियो। शाखाका अनुसार हाल करिब आठ हजार भैँसी पनौतीमा छन्। हाल दूधको उत्पादन दैनिक करिब ७५ हजार लिटर हाराहारीमा उत्पादन हुन्छ। यसमध्ये ५० हजार लिटर काठमाडौँ बिक्रीका लागि पठाइन्छ।

अभियान सञ्चालन गरेपछि भैँसीको सङ्ख्या झन्डै दोब्बर तथा दूध उत्पादन दोब्बर भएको नगर उपप्रमुख बञ्जारा बताउँछन्। उनी भन्छन्, ‘हाम्रो अभियान प्रत्यक्ष किसानसँग जोडिएकाले उहाँहरुको आर्थिक अवस्था सुदृढ बन्दै जीवनस्तर समेत उकासिँदै गएको पाएका छौँ।’ सापकोटा पनि उक्त कार्यक्रमबाट किसान अत्यन्तै खुसी देखिएको बताउँछिन्। अधिकांश किसान उक्त कार्यक्रमको निरन्तरता चाहन्छन्, तर नगरपालिकाको कार्यक्रम भैँसी सुत्केरी भत्ताबाहेक अरू नभएकाले पाडी वितरण र अनुगमन निरन्तर हुन सकेको छैन।

वडा नं १२ का पूर्ववडाध्यक्ष ईश्वर जङ्गमले कृषकमैत्री कार्यक्रमको निरन्तरता, नियमित अनुगमन तथा कृषक लक्षित कार्यक्रम निरन्तरता दिन जनप्रतिनिधिसँग अनुरोध गर्छन्। उनी भनछन्, ‘कमजोर आर्थिक अवस्था भएका कृषकका लागि पाडी वितरण कार्यक्रम प्रभावकारी मात्रै थिएन, उनीहरुको जीविकोपार्न लागि प्रमुख माध्यम नै बनेको थियो।’

पनौती नगरको उक्त कार्यक्रम प्रदेश र सङ्घ सरकारकै नमूना कार्यक्रमका रुपमा अथ्र्याइँदै आइएको थियो। पनौतीको कार्यक्रम प्रभावकारी पाइएपछि सङ्घ र प्रदेश सरकारले पनि यस्ता कार्यक्रमका लागि थप बजेट विनियोजन गरेको बताइन्छ। -रासस

प्रकाशित: २०८१ भदौ २५ गते मङ्गलबार ०३:१६
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना