नेपाल टेलिकमको प्रवक्तामा पुनः हरि ढकाल नियुक्त भएका छन्।
केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत ढकाललाई प्रवक्तामा नियुक्त गरिएको हो।
टेलिकमका सहप्रवक्ता परमात्मा भट्टराईका अनुसार यसअघि २८ माघ २०८० मा पनि उनै ढकाल प्रवक्ता तोकिएका थिए।


