काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा पार्टीका गतिविधि र समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
एमालेको पोलिटव्युरो बैठक भदौ १८ र १९ गते बसेको थियो।
बैठकमा शुक्रबार बोलाइएको संवैधानिक परिषद बैठक र उपसभामुख इन्दिरा रानामगरको विषयमा पनि छलफल हुने पार्टीका एक नेताले बताए।


