ढोरपाटन (बागलुङ)- गलकोट नगरपालिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना घाइते भएका छन्।
दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको हो।
रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर दुर्घटनामा परेको हो।
‘गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको पुष्टि भएको छ। अरुको भने सनाखत हुन बाँकी छ,’ बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताए।
उक्त गाडीमा गाउँपालिकाका कर्मचारीहरु भएपनि कोको थिए भन्ने खुलेको छैन।
उपाध्यक्ष भुपेन्द्रा बुढा एक/डेढ हप्ताअघि काठमाडौं आएकी थिइन्।
काठमाडौंबाट फर्किने क्रममा उनी सवार गाडी बागलुङमा दुर्घटना भएको हो।
सडकबाट करिब ३ सय मिटर तल भिरमा खसेको थियो।
दुर्घटनाको जानकारी पाएलगत्तै नरेठाँटी चौकीबाट प्रहरी टोली खटिएको थियो।


