कञ्चनपुर- महाकाली नदीमा आएको बाढीले पुल नजिकैको गाइड बन्ड (बाँध) भत्काएको छ।
नदीले भीमदत्त नगरपालिकापट्टिको करिब डेढ सय मिटर बाँध भत्काएको हो।
शनिबार बिहानदेखि नदीले बाँध कटान सुरु गरेको हो।
महाकालीमा पानीको बहाव घट्दो भए पनि कटान रोकिएको छैन।
‘बाँध भत्के पनि पहुँच मार्गमा धेरै असर नगर्ने पुल निर्माण कम्पनी सीएफईसी जेभीको भनाइ छ।


