काठमाडौँ- सरकारले जारी संसद अधिवेशन अन्य गर्ने निर्णय गरेको छ। माओवादीले ‘हिंसा’ शब्दलाई लिएर संसद अवरोध जारी राखेपछि आज बसेको मन्त्रीपरिषद् बैठकले यो निर्णय गरेको हो।
सोमबार अन्तिम बैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
‘संघीय संसद्को दुवै सदनको चालु अधिवेशन २०८१ भाद्र ३१ गते राति १२ बजे देखि अन्त्य गर्न सम्मानीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेका छौं,’ उनले भने।
यस्तै २०८१ साल मंसिर १६ गते आइतबारको दिन उपनिर्वाचन गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए।
‘स्थानीय तहको रिक्त ३९ पद खाली भएको छ,’ उनले भने, ‘त्यो खाली भएको ठाउँमा २०८१ साल मंसिर १६ गते आइतबारको दिन निर्वाचन गर्ने निर्णय गरेका छौं।’


