बारा- बाराको पूर्वपश्चिम राजमार्गस्थित उनासी पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ४३ जना घाइते भएका छन्।
गएराति १२ बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नम्बरको बस बस अनियन्त्रित भई पुलदेखि खस्दा बसमा सवार एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा दाङको गडवा गाउँपालिका–५ का चेतन राय यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ। बसको अगाडिको पट्टा भाचिँदा दुर्घटना भएको हो।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


