काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौँ जिल्ला अदालतले बुधबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो।
अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।
विद्युतीय कारोबार ऐनअनुसारको कसुर गरेकाले उनीमाथि कारबाही चलाउनका लागि प्रहरीले पक्राउ पुर्जी लिएको हो।


