काठमाडौँ- फुड डेलिभरी कम्पनी फुडमान्डुले दसैँको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ।
हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्पेन यस दसैँमा झनै ठुलो हुने कम्पनीले जनाएको छ।
बडा धमाका क्याम्पेन अन्तर्गत ग्राहकहरुले काठमाडौं, पोखरा र चितवनका ६० भन्दा बढी रेस्टुरेन्टहरूको सबै आइटममा ५०% सम्मको छुट पाउन सक्नेछन्।
‘हाम्रा ग्राहकहरूका लागि यो चाडपर्व अझ बढी रमाइलो बनाउने हाम्रो लक्ष्य रहेको छ। यसको लागि हामीले फुडमाण्डुमा स्वादिष्ट परिकारहरुका साथसाथै आकर्षक छुटको उपलब्ध गराउने लक्ष्य राखेका छौं,’ यसबारे बोल्दै फुडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, इनेशा भट्टराईले भनिन्, ‘यो बडा धमाका क्याम्पेनले हाम्रा ग्राहकहरुकोे यस चाडपर्वको मौसममा थप सहजता र स्वादिष्टता ल्याउनेछ र प्रियजनहरूसँग अविस्मरणीय पलहरू सिर्जना गर्न मद्दत पुग्नेछ।’
क्याम्पेन असोज ३ देखि असोज २३ सम्म चल्नेछ।


