२०८३ कार्तिक २५ गते मङ्गलबार

पर्वतीय दौडलाई पोखराका पर्यटन व्यवसायीले सघाउने

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ६
WhatsApp Image 2024-09-22 at 13.29.57

पोखरा- पोखरा २२, पुम्दीभुम्दीमा आगामी शनिबार (असोज १२ गते) हुने प्रथम पर्वतीय खुला दौड प्रतियोगिता–२०८१ तयारी तीव्र पारिएको छ। आयोजक पोखरा क्लिकले कार्यक्रम कसरी सभ्य र भव्य बनाउने भन्नेबारे पोखराका पर्यटन व्यवसायीसँग सुझाव संकलन गरेको छ।

शनिबार लेकसाइडको बुम¥याङ रेष्टुरेन्टमा आयोजित छलफलमा पर्यटन व्यवसायीले विश्व पर्यटन दिवस सन्दर्भमा हुने उक्त दौड प्रतियोगिता सफल पार्न सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्यटनको राजधानी पोखरामा पुम्दीभुम्दीस्थित शान्ति स्तुप, विशाल महादेवको मूर्ति र बुद्ध पार्क पर्यटकीय गन्तव्य हुन्। ती गन्तव्यको खेल पर्यटनमार्फत प्रवद्र्धन गर्ने मूल उद्देश्यसहित आयोजित ८ किमीको पर्वतीय दौडले समग्र पोखरा क्षेत्रको खेल पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने पर्यटन व्यवसायीले विश्वास व्यक्त गरे।

पोखरा पर्यटन परिषद्का नवनिर्वाचित अध्यक्ष तारानाथ पहारीले बुद्ध र हिन्दू धर्मसहित दृश्यावलोकन दृष्टिले निकै मनमोहक क्षेत्रमा हुने उक्त प्रतियोगिताले खेल पर्यटन प्रबद्र्धनमा मद्दत पुग्ने बताए। पुम्दीभुम्दीमा पदमार्ग, हाइकिङ र साइक्लिङ समेत उपयुक्त गन्तव्य भएकोले पोखरा क्षेत्रका अन्य वडाहरुलाई समेत जोडेर उक्त प्रतियोगितालाई बिस्तार गर्न उनले सुझाव दिए।

परिषद्का निर्वतमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा आउने करिब ९० प्रतिशतजसो पर्यटक पुम्दीकोट क्षेत्रमा जाने हुँदा यस्ता खेलकुद गतिविधिले सो क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए।

परिषद्का पूर्व अध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले प्रतियोगितालाई बिस्तारै १० किलोमिटर हुँदै भविष्यमा हाफ म्याराथन गर्न सुझाव दिए। मिडिया हाउसले खेल प्रवद्र्धन हुने गरेर ल्याएको उक्त कार्यक्रमलाई वडादेखि सबैले साथ दिन आग्रह गरे।

पोखरा महानगरपालिका व्यावसायिक प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीले सुस्ताएको पर्यटन व्यवसाय यस्तै खेल पर्यटन गतिविधिले चलायमान गर्न टेवा मिल्ने विश्वास लिए। उक्त प्रतियोगिता सफल पार्न केन्द्रले आवश्यक समन्वय गर्न तयार रहेको जनाउँदै विद्यार्थीलाई बढी सहभागिता गराउन सुझाव दिए।

टान गण्डकीका निवर्तमान अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरा क्षेत्रकै लोभलाग्दो स्थानमा हुने उक्त प्रतियोगिताले समग्र खेल पर्यटनमा टेवा पुग्ने बताए। केही समयपछि पोखरामा टान म्याराथन प्रतियोगिता आयोजना गर्ने उनले जनाए।

होटल संघ पोखरा नेपालका सचिव पार्वती पाण्डेले प्रतियोगिता सफल पार्न आफूहरूले आर्थिक तथा भौतिक सहयोग गर्ने वचन दिइन्।

रेवान पोखरा अध्यक्ष विश्वराज पौडेलले प्रतियोगितामा युवा खेलाडीलाई बढी समेट्न सुझाव दिए। उनले विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा रेवानले समेत पोखरामा मिनी सडक महोत्सव आयोजनाको तयारी गरेको बताए।

पर्यटन व्यवसायी महिला संघ (ओटेफ) अध्यक्ष उमा रेग्मी भण्डारीले धार्मिक पर्यटनको केन्द्र पुम्दीभुम्दीमा हुने पर्वतीय दौडले खेल पर्यटनको प्रबद्र्धन हुने विश्वाश व्यक्त गरिन्।

प्रेस स्वतन्त्रता सेनानी रमेश पौडेलले प्रतियोगिता संयोजक दीननाथ बरालले आफ्नो जन्मस्थानमा प्रशंसनीय कार्य गर्न लागेको भन्दै सफलताको कामना गरे। उनले पोखराका विभिन्न पर्यटकीय गतिविधिमा पर्यटन व्यवसायीले पनि अपनत्व लिनुपर्ने सुझाव दिए।

पोखरा–२२ लाई आन्तरिक तथा बाह्य पर्यटनको हब बनाउन खेल पर्यटनले समेत सहयोग पुग्ने विश्वासले उक्त कार्यक्रम आयोजना गरिएको पोखरा क्लिक प्रालिका अध्यक्ष एवं कार्यक्रम संयोजक दीननाथ बरालले बताए।
‘खेल पर्यटन प्रवद्र्धनमा पुम्दीभुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलो मिटरको खुला पर्वतीय दौडमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको प्रवर्द्धन रहेको छ।

असोज १२ गते बिहान सुरु हुने उक्त दौड विश्व शान्ति स्तूपदेखि सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर टुंगिने व्यवस्थापक सागर सुनारले बताए।

प्रतियोगितामा खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

यस्तै, महिला धावक, १६ वर्षमुनिका बालबालिका धावक र पोखरा–२२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित पुरस्कृत गरिने प्रतियोगिता संयोजक दीननाथ बरालले बताए।

कार्यक्रमलाई प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा २२ वडा कार्यालय, नेलम्बो नेपाल, नेपाल भूतपूर्व खेलाडी मञ्च, खाडेखोला मैत्रीय आमा समूह, अटो वेज प्रालि, वाई यूके सुपर मार्केट, एथ्लेटिक्स संघ गण्डकी, बुद्ध पार्क समिति, पुम्दीकोट माउण्टेन लज, विश्व शान्ति स्तुप समिति, पोखरा ८ वडा कार्यालय, सहारा क्लब पोखरा, पुम्दीकोट कोट विकास समिति, कर्माचार्य ग्रुप, युनाइटेड क्लब, परिचय एड्भरटाइजिङ, वल्र्ड भिजन, जिल्ला समन्वय समिति, बुम¥याङ रेष्टुरेण्ट, एस.के. साउण्ड एण्ड भिजन, खेलकुदकर्मी विश्व तण्डुकार, टान गण्डकी, पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, सिटिजन फर्निचर, हिमालयन कम्प्युटर, ग्लेज ड्रिकिङ वाटर, बराल पार्टी प्यालेस, प्रादेशिक क्रिकेट संघ गण्डकी, वुल्स मेन क्लब, सहास स्पोट्स लगायतको सहयोग रहेको छ।

प्रकाशित: २०८१ असोज ६ गते आईतबार ०१:३३
प्रतिक्रिया

थप समाचार

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना