भक्तपुर- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीको टोली भक्पुरस्थित प्रसाईनिवास पुगेको छ।
रास्वपा केन्द्रीय सदस्य टीका संग्रौलालगायत महिलाको उजुरीमा प्रहरीले पक्राउ पुर्जी जारी गरी पक्राउ गर्नका लागि प्रसाईनिवास पुगको हो।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-६ कमेरोटारमा साइबर ब्यूरोका प्रहरी पुगेका हुन्।
प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो।


