काठमाडौँ– जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ थुनुवा फरार भएका छन्। आइतबार राति भेन्टिलेशन फोडेर उनीहरू फरार भएका हुन्।
फरार ९मध्ये १ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
फरार हुनेमा अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया, मनिष मण्डल, बिक्की कार्की र एक जना नाबालक रहेका छन्।
प्रहरीले रातिदेखि नै खोजी कार्य जारी राखेको छ।


